दिउँसै जुवा खेल्ने १४ जना प्रहरीको फन्दामा, सात लाख नगद बरामद

काठमाडौँ । भक्तपुरको मध्यपुरठिमी नगरपालिका–९, निलबाराहीबाट सोमबार दिउँसो १४ जना जुवाडे समातिएका छन् । निलबाराही टिगनीस्थित सुर्यबहादुर श्रेष्ठले सञ्चालन गरेको रिसोर्टमा मोटोरकमसहित हारजित हुने गरी जुवातास खेलिरहेका १४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त ठिमीका डिएसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा प्रहरीले छापा मार्दा चार बुक तास, नेपाल नगद सात लाख तीन हजार एक सय ९० रुपैयाँ र सात हजार छ सय साठ्ठी रुपैयाँसमेत बरामद गरेको छ । प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धको कसुर अन्तर्गत म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान थालेको छ ।

पक्राउ पर्नेमा मध्यपुरठिमी–७ का उमेश तको, विनोद प्रजापति, राजकुमार तको, डिलकृष्ण बाडे, बबिन उपो, डिलकृष्ण वाडे, रमेश तको, चन्द्रकृष्ण वाडे, निलकृष्ण अवाल, विक्रम धाजु, प्रज्वल राजेया, राजकृष्ण खिचाजु, सुरेन प्रजापति र अनिल प्रजापति रहेका डिएसपी कोइरालाले बताए ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु