सोनाम घले (लामा धिन्दुप): समाजसेवामा रमाउने मानिस

मनाङ । समाजसेवामा नै रमाउने नाम हो सोनाम घले (लामा धिन्दुप)  ।  ४१ वर्षअघि धर्तीमा पाइला टेकेका उनी मनाङको नार्मामा पिता सोनाम छेसाङ घले र माता निमा डोल्माको कोखबाट जन्मिएका हुन् । दाजुभाइ नै सात जना । माइला सन्तान हुन् उनी । भनिन्थ्यो, जेठा बाबुतिर, कान्छो आमातिर, बेचिनेमा माइलो पर्ने भयो बेचिदिए आखिर १ रीत यस्तै थियो, चलिआएको परम्परा । तोड्न कहाँ सजिलो थियो र ?  १० वर्ष प्रवेश नहुँदै भित्रिए राजधानी खाल्डोमा । मान्छेका लागि सबैभन्दा प्रिय हुन्छ आफ्नो इतिहास । टुप्पाबाट पलाएकाहरूको बेग्लै कुरा । संघर्षको भट्टीबाट खारिएर दुःखको आरनमा अर्चापिएकाहरूका लागि प्रिय हुन्छ आफ्नो विगत । हो, यही विगतका कारण जिन्दगीको उचाइबाट युटर्न भएका पात्र हुन् उनी  । दयनीय पृष्ठभूमि बिहान खाए बेलुका के खाऊँ को स्थिति उनको परिवारमा थियो । बालापन  कठिनाइसँगै खेले पौंठेजोरी गुजारे । कहिले मकै, कहिले भोकै यस्तै थियो– बालापन । बुबाआमाको आयस्रोत केही थिएन । त्यो समय जसको गोठमा धेरै भेडाबाख्रा हुन्छन् त्यही धनीमा दहरिन्थ्यो । अरूको निमेख गरेर छाक टार्थे बुबाआमा । तर, खाने मुख धेरै । काम गर्ने हात थोरै । 
 
माइलो सन्तान अनिवार्य गुम्बामा बस्नुपथ्र्यो । त्यही कारण पाइला राजधानीतिर मोडिएको । लामा अध्ययन गर्न थाले । हुने बिरुवाको चिल्लो पात भनेझैं उनको मिहिनेत र इमान्दारीका कारण गुरुहरू प्रभावित बन्न पुगे । सोही गुम्बाको गुरु हुँदै प्राचार्यसम्म बने । तीन वर्ष प्राचार्य बनेर सेवा गरे । दुई छाक गतिलोसँग खान, लाउन र अध्ययन गर्न नपाएको पलले मन कँँुडियो । आफ्ना लागि त गल्लीका कुकुर पनि बाँचेका छन् । तिनले पनि पेट पाल्छन् । यहाँभन्दा माथि उठेर बाँच्नु छ अरूका लागि । खुशीका रंग भर्नु छ अरूको मुहारमा ।
 
यही सोच र अठोटले एक बारको जीवन शिक्षा–दीक्षाको अवसरबाट वञ्चित बालबच्चाको हितमा लगाउने अठोट गरे । तर, अगाडि अजंगको पहाड बनेर उभियो आर्थिक अभाव । भन्छन् नि १ धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन । यद्यपि, जहाँ इच्छा त्यहीँँ उपाय भनेझैं मनको कुनामा दृढ इच्छाशक्ति भए असफलतालाई पनि सफलतामा रूपान्तरण गर्न सकिन्छ । खाई नखाई बचाएको पसिनाको कमाइ थियो ६ लाख । सोही रकम खर्चेर शिक्षा दीक्षा नपाएका बालबच्चाको खोजी गरे । विशेषतः माथिल्लो तथा तल्लो भेग मनाङका विभिन्न होटलमा काम गर्नेका छोराछोरी खोज्न शुरु गरे । त्यहाँबाट हिमाली जिल्ला रसुवा, गोर्खा, रुकुम, रोल्पा, सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, लमजुङ, इलाम, भोजपुर, तेह्रथुमजस्ता २२ वटा दुर्गम भेगमा पुगे । त्यहाँका गरिब, अनाथ, बेसहारा बच्चा पहिचान गरी तिनलाई भेला पारे । र, शिक्षा–दीक्षा दिन थाले । ६ देखि होमिएका हुन् यो अभियानमा । तर, बैंकमा भएको पैसा लुसुलुसु निकाल्दै, खर्च गर्दै गर्दा कतिन्जेल टिकोस् 
 
अनाथ, बेसहारा र गरिबीकै कारण शिक्षादीक्षाबाट वञ्चित सयभन्दा बढी बालबालिका जम्मा गरेर तिनको लालनपालन, भरणपोषणदेखि शिक्षादीक्षासम्म गर्दै गए । पैसा सकियो । ती बच्चालाई फर्काउन पनि भएन । जिम्मेवारी लिइसकेका थिए । नदुखाउनुपर्ने टाउको दुखाइसकेका थिए । त्यही कारण ऋण खोज्न थाले । पार लागेन । राजधानी शहर यति महँगो भइसकेको छ, जहाँ ४ जनाको परिवार पाल्न त धौधौ र कष्टपूर्ण छ । महिनामै लाखौं स्वाहा हुन्छ । भाग्ने कुरा भएन । आर्थिक अभाव भयो भनेर रुने–कराउने विषय पनि होइन । एउटै विकल्प थियो । आफ्नो जग्गा धरौटीमा राखेर भए पनि ऋण लिने । यसरी १५ लाख निकाले । यस्तो लाग्छ शहरका अक्सर सम्बन्ध पैसासँगै शुरु हुन्छ र पैसाबाटै अन्त्य । तिर्खा र पानीजस्तो सम्बन्ध राख्नेहरूको भीड छ यहाँ । धेरै पटक रासन पसलबाट सामान किन्न खोज्दा रकम अभावमा साहुको तुच्छ वचन सुनेका छन् ।
 
 
 
तर, उनले बुझेका छन् यहाँ भनेर ठूलो हुनुभन्दा सहेर सानो बन्नु बेस् । यी बच्चाको लालनपालन र शिक्षा दीक्षा अगाडि बढाइरहँदा धेरै पटक अभावमा जेलिए । तनावमा परे । र, दुःख बेसाए पूर्वमन्त्री टेकबहादुर गुरुङहरूसँग । उनले केही उदारता देखाए । यही मेलोमा थपिए उदार हृदयले माननीय कर्मा घलेहरू । मनाङकै स्थानीय र व्यापारी पनि दिल खोलेर सहायता गर्न थाले । भगवान् छन्÷छैनन्, थाहा छैन । तर, भन्छन् रे तँ आँट् म पु¥याउँछु । पुगिरहेकै छ । अहिले उनी स्वयं बच्चाहरूको अभिभावक बनेर तिनलाई शिक्षादीक्षा र लालनपालन गरिरहेका छन् । ५ कक्षासम्म त्यहीँ अध्ययन गर्छन् । १५ जना शिक्षक छन् । तिनका लागि तलब छुट्याउनु छँदै छ । कक्षा ६ भन्दा माथिका बच्चा नजिकैको रश्मी सेकेन्डरी स्कुल जान्छन् । उनैले लालनपालन गरिरहेकामाध्ये केहीले ८० प्रतिशतभन्दा बढी अंकभार ल्याएर एसईई पार लगाइसकेका छन् ।
 
महँगो शुल्क तिरेर आफ्नै अभिभावकको लालनपालनमा हुर्किएका बच्चालाई निमुखा असहाय बच्चाले टपिदिएका छन् । अहिले ४० विद्यार्थीलाई उनैले रेखदेख र पालनपोषण गरिरहेका छन् । उनको यो कर्मदेखि प्रभावित भएरै होला सो विद्यालयले शुल्कमा ३० प्रतिशतभन्दा बढी मिनाहा गरेको छ । थाहा छैन । कहाँ बिच्छाइएको छ मान्छेको जीवनमा मृत्युरूपी एम्बुस । हिँड्दा हिँँड्दा चुटिने हात्तीछाप चप्पलझैं कहाँ पुगेर चुँडिन्छ र सकिन्छ इहलीला । बाँचुञ्जेल र शरीरमा एक मुठी सास र एक थोपा रगत रहुन्जेल सामाजिक कर्ममै रमाउने प्रण गरेका छन् । पछिल्लो समय एक पोका चाउचाउ सहयोग गरे पनि सामाजिक सञ्जालमा हल्ला गर्ने र अनलाइनमा समाचार लेखाउने कथित समाजसेवीको भीड बढ्दो छ । तर, यी यस्ता व्यक्ति हुन्, जो मिडिया भनेपछि भाग्छन् ।
भन्छन् विशुद्ध सामाजिक कर्म भनेको प्रचारका लागि होइन । जिन्दगीमा सबैभन्दा धेरै खुशी त आफ्नो जिल्लामा फर्कंदा मिल्छ । ज–जसका नानीबाबुलाई गाउँबाट टिपेर शरहमा ल्याई शिक्षादीक्षा दिएका छन्, उनीहरू भगवान्झैं मान्छन् सोनामलाई । अभिभावकहरू गहभरि आँसु बनाएर भन्छन्– तपाईं हाम्रो परिवारका लागि भगवान् बनेर आउनुभयो । मेरो तर्फबाट केही सहयोग गर्न सकिन“ । उनीसँगैका सहपाठीहरू कोही पुगेका छन् अमेरिका, जापान, कोरिया त कोही हङकङ । ती फोन गर्छन् र भन्छन् के यस्ता काममा अल्झिरहेको छस् यार रु पैसा कमाउने काम गर् । जीवन भनेकै पैसा हो । समाजसेवाका आडमा यहाँ धेरैले बंगला ठड्याएको पनि देखिएको र भेटिएको छ । तर, यी आफू रित्तिएर अनि सिद्धिएरै सही गरिब र असहायलाई शिक्षादीक्षा दिइरहेका छन् । स्वयम्भूमा स्नो मञ्जुश्री स्कुल खोलेका छन् । त्यही स्कुलमा दीनदुःखीका सन्तान हुर्किरहेका छन् । आफू ऋणमै डुबेर सही, कसैको भविष्य बनाइरहेका छन् । उनको कर्मबाट प्रभावित भएरै होला बो घङ्गरले स्कुलका लागि आवश्यक जग्गा उपलब्ध गराइदिए ।
 
अहिले जिल्लामा मात्र होइन अन्यत्र पनि उनको नाम नसुन्ने विरलै होलान । समाजसेवामा नै रमाउने उनी सयौं अनाथ, टुहुरा तथा दिन दुखी बालबच्चाका अभिभाबक हुन् । अहिले ठूला ठूला व्यापारी बिनोद चौधरी, शेष घले, अजय सुमार्गी, पशुपति शमशेर राणा, राजेन्द्र खेतानहरु यो महामारीमा सहयोग गर्नुका साटो लुकेर बसेका छन् भने समाजसेवी सोनाम घल भने महामारीको प्रवाह नगरी कोरोनाको प्रवाह नगरी समाजसेवामानै जुटिरहेका छन् । उनी कहिले पहिरोले तहसनहस पुराएको जिल्ला सिन्धुपाल्चोक पुग्छन् भने कहिले आफ्नै जिल्ला । हाल उनले आफ्नो गाँउ नार्फुमा गएर सेनिटाइजर तथा माक्स वितरण गरेका छन् । कोरोना तथा लकडाउनपछि विधार्थीहरु आफ्नो जिल्ला फर्केको हुनाले उनीहरुको अवस्था बुझ्न र सहयोग गर्नका लागि उनी पुगेका छन् । -मनाङबाट नविन अंकुरको सहयोगमा 
कार्तिक ६, २०७७
 
 



प्रतिक्रियाहरु