‘मः म मज्जा’मा प्रदीप खड्का

काठमाडौं । उद्घाटन कार्यक्रममा बोल्दै प्रदीपले नेपालमा मःमलाई ब्रान्डको रुपमा स्थापित गर्न ‘मःम मज्जा’ ले मद्दत गर्ने बताए । ‘कफीको चेन भनेझैँ मःमलाई पनि ब्रान्डको रुपमा स्थापित गर्न जरुरी छ । हामीले नेपाली उत्पादनलाई प्राथमकिता दिनुपर्छ,’ उनले भने, ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष मध्यनजर गरिएको छ । ग्राहकले अर्गानिक मःमको स्वाद पाउनुहुनेछ ।’ ग्राहकको स्वास्थ्यप्रति संवेदनशील र सचेत रहेका कारण ‘मःम मज्जा’ मा आफू आबद्ध भएको उनले बताए । उनी आफू पनि मःमको पारखी रहेको बताउँछन् । ‘लकडाउनमा मःम खाँदा खाँदा अहिले त्यो घटाउँदैछु । साँधेको मःम विशेष मन पर्छ । भोक लागेको बेला डेढ दुई प्लेट मःम त खान्छु,’ उनले भने । घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको पनि उनले बताए । -पुस १०



प्रतिक्रियाहरु