दल, वाद र व्यक्तिगत स्वार्थ त्यागेर राष्ट्रहितमा लागौं


दधिराम गेलाल
भक्तपुर । जय नेपाल,  जय मातृभूमि, जय देश  भन्यो कि, भिन्न मत राखेको वा वाम विचारधारामा विचलन आएको देख्ने नजर समाजमा निकै ठुलो छ । आफू परियो बिहान उठ्ने बितिक्कै सगरमाथा देखपाइयोस भन्ने । विश्व पूरै कोरोनाको महा भयानक त्राशदि मानवविरुद्ध रहेको छ । जसको प्रभाव दिनप्रतिदिन नेपालमा वृद्धि भैरहेको छ ।
जुन महामारी हामीले भोगिरहेका छौ । नेपालको इतिहासमा यो यस्तो समय छ र प्राप्त भएको छ, पूरै कम्युनिष्टहरुको बहुमतको सरकार । श्रमजिवी मजदुर, किसान र पिछ्डिएका जातिको अपार समर्थन पाएर चुनावबाट आएको यो सरकार । यो सरकार सङ्ग जनताको अपेक्षा पनि तेतिकै बढी छ र काम गर्छ भन्ने विश्वाश पनि छ । यो जन अपेक्षा पार्टी नेतृत्वबाट नै चाहे आन्तरिक प्रशिक्षण होस वा चुनावको  बेला गरिएका प्रतिवद्धतामा होस विश्वाश लागेर गरिएको हो ।
यस पटकको पार्टीले प्राप्त गरेको यो जन समर्थन पार्टी पङ्क्तिको मात्रै नभै देशभक्त राष्ट्रवादी नागरिकहरुको पनि छ । यहाँ एउटा सवाल मात्र उठाउन खोजेको छु त्यो हो नागरिकले सरकारसङ्ग आफ्ना समस्या समाधान गर भन्न पाउने कि नपाउने ...?  सरकार अभिभावक हो र मुलुकवासीले त्यो भन्न पाउने अधिकार छ । हो भलै मिलाएर भन्न जानेनन् होला । जनताले पहिला आफ्नो समस्या हेर्छ अनि मात्र अरुतिर ध्यान दिन्छ । सरकारले जति सक्दो काम गर्नु पर्छ, त्यो जनताले ख्याल गरेका हुन्छन ।
नत्र भने अहिलेको प्रतिपक्ष दल विपक्षी दलमा नरहि सत्तापक्ष नै भै रहन्थ्यो । त्यसैले सरकारको आलोचना गर्दैमा त्यो ठुलो शत्रु हो भन्ने नठान्न सम्बन्धित पार्टीपङ्क्तिलाई हेक्का राख्न अनुरोध गर्दछु । सरकारको आलोचना पार्टीको आलोचना होइन । प्रतिपक्षले राम्रो कामको पनि विरोध मात्र गर्ने र सत्तापक्षले सरकारले गरेपछि र बोलेपछि ढुङ्गाकै अक्षर हुने मानसिकताबाट थोरै माथि उठौ । देश सबैको हो ।
नागरिकलाई अनुरोध
मुलुक सरकारविनाको हुदैन । जस्तो किसिमको भएपनि एउटा सरकार हुन्छ र उसले विद्यमान कानून कार्यान्वयन गर्नुपर्छ । त्यैसैले सरकारले भनेको आदेश वा अनुरोध आम नागरिकले मान्नु पर्छ । विदेशी भए पनि आफु रहेको मुलुकको कानून पालाना गर्नु नागरिकको कर्तव्य हो । झन यतिबेला त मुलुक विषम परिस्थितिमा गुज्रीरहेको अवस्था छ । जनताको सुरक्षा गर्नु सरकारको दायित्व हुन्छ र यो लक डाउन नागरिकको हितका लागि गरिएकोले पालना गर्नु नै श्रेयष्कर हुन्छ । लक डाउन पालना नगर्नु भनेको परिवारप्रति तपाइको माया नहुनु, चिकित्सक र प्रहरीलाई जोखिममा पार्नु हो । त्यसैले कसरी मुलुक जोगाउने भन्ने कुरो आम नगरिकको पनि मूल कर्तव्य हो भन्ने बुझ्नु पर्छ । हामी कहा नेपाली रहन्छौ नेपाल नै नरहे भन्ने गीत सम्झनु  राम्रो हो ।
सन्चार जगत
आजको समयमा सन्चार पु¥याउने र सबैलाई भएको घटनाको सुसुचित गर्ने  काम सञ्चार माध्यमको हो । रडियो, टेलिभिजन, अनलाइन समाचार, छापा माध्यमलगायत धेरैले समाचार सम्प्रेषण गरिरहेका छन । यिनीहरुको समाचार पनि फरक फरक छ । यो विषम परिस्थितिमा सञ्चार जगतको नागरिक र मुलुक जोगाउन ठुलो  भूमिका रहेको हुन्छ ।
तर, यति बेला सरकारका कमीकमजोरी कहाँ छ भन्ने समाचार खोजि खोजि प्रशारण भएको पाइन्छ । कुन समाचार आधिकरिक भन्ने कुरा नागरिकलाई पत्तै छैन । अझ भ्रामक समाचारको ठुलो खेति सामाजिक सन्जालले गरेको छ । आम नागरिकको पहुच भएकोले सबैले आ–आफ्ना कुरा आफ्नै ढङ्गले लेखेका छन ।
यसलाई भ्रामक बनाउन अनलाइन समाचारले भएभरको तागत लगाइरहेका छन । यस्को प्रभाव जनस्तरमा धेरै छ । यति बेला पत्रकार र सञ्चार गृहले मुलुकको हितको लागि आफूलाइ कार्यक्षेत्रमा विश्वासिलो ढङ्गले परिचालन गर्नु पर्दछ । पत्रकारको कुनै दल हुदैन न कि चिकित्सक र प्रहरीको पनि । (लेखक चाँगुनारायण माविका प्रधानाध्यापक हुनुहुन्छ)

 



प्रतिक्रियाहरु