अनेरास्ववियूको भागबन्डा टुंगियो, को–को बने केन्द्रीय सदस्य ? (सूचीसहित)

काठमाडौं  । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) ले केन्द्रीय कमिटीको भागबन्डा टुंगो लगाएको छ ।

तत्कालीन नेकपा एमाले र माओवादी एक भए पनि विद्यार्थी संगठनको केन्द्रीय कमिटी हालसम्म टुंगो लाग्न सकेको थिएन ।  ऐन महर संयोजक र रञ्जित तामाङ सहसंयोजक तोकिएका थिए ।

शुक्रबार अनेरास्ववियूका फ्याक्सन इञ्चार्ज हितमान शाक्य र सह–इञ्चार्ज विनोद ढकालसहित अनेरास्ववियूका संयोजक र सह–संयोजक सम्मिलित बैठकले लामो अन्यौलता अन्त्य गर्दै ३३५ सदस्यीय केन्द्रीय विस्तार गर्ने निर्णय गरेको छ ।

बैठकले तत्कालीन एमाले समर्थित विद्यार्थी संगठनबाट १८० र तत्कालीन माओवादी समर्थित अखिल क्रान्तिकारीबाट १५५ जनाको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति विस्तार गरेको अनेरास्ववियूले जनाएको छ ।

त्यस्तै, केन्द्रीय कमिटीको सचिवालय १११ सदस्यीय र स्थायी कमिटी ४५ सदस्यीय गठन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

संगठनमा केन्द्रीय कमिटीका अतिरिक्त अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग गरी ३ वटा केन्द्रीय निकाय पनि गठन हुने अनेरास्ववियू संयोजक र सहसंयोजकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रियाहरु