बस घरभित्रै पस्दा एकको मृत्यु, स्कुटरको ठक्करबाट सहचालकको ज्यान गयो


भक्तपुर । भक्तपुरमा भएका पछिल्ला दुई दुर्घट्नामा दुई जनाको ज्यान गएको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा बस सडक नजिकैको टहरामा पस्दा एक जनाको मृत्यु भएको  हो । खड्काटोलबाट नेपाल इन्जिनियरिङ कलेजतर्फ आउँदै गरेको बा.१ ख ९०९० नम्बरको बस राइटारडाँडास्थित भिमबहादुर योञ्जनको घरमाथि खस्दा योन्जनको ज्यान गएको प्रहरीले जनाएको छ ।
घरमै रहेका योञ्जनकी श्रीमती, छोरा र सालो भने सकुसल रहेका छन् । दुर्घटनामा परी उदयपुरको सोरुङ नगरपालिका–४ का ३४ वर्षे चित्र ब. थापा घाइते भएका छन् । प्रहरीका अनुसार बसमा यात्रु थापा, चालक र सहचालकमात्रै थिए । प्रहरीले बसका चालक दोलखाका ३९ वर्षे बेदबहादुर चौलागाई र सहचालक नवलपरासीका भीमबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ । सिन्धुपाल्चोक स्थायी घर भएका योञ्जन तीन दिनअघि मात्रै विदेशबाट घर फर्किएका हुन् ।
भक्तपुरकै सृजनानगरमा स्कुटरको ठक्करबाट ट्रकका सहचालकको ज्यान गएको छ । ज्यान जानेमा भारतीय नागरिक नरेन्द्र पाल रहेका छन् । अरनिको राजमार्ग अन्तरगत भक्तपुरको सृजनानगरमा नरेन्द्र पाललाई बा ९२ प ३४०९ नम्बरको स्कुटरले ठक्कर दिएको थियो । पाल भारतीय नम्बर प्लेटको कन्टेनरका सहचालक हुन् । एनएल ०१ एडी ५९१८ नम्बरको कन्टेटर ब्याक गर्ने क्रममा पाल गाडीबाट झेरेर साईड मागिरहेका थिए । त्यही बेला स्कुटरले ठक्कर दिएको र इवामुरा मेमोरियल अस्पचालमा उपचारका क्रममा उनको मत्यु भएको  प्रहरीले जनाएको छ ।
रसुवामा बस दुर्घटना, सात जना घाइते
उता शनिवार नै पासाङ ल्हामु राजमार्गको धुन्चे कालिकास्थान सडक खण्डको मूलखर्कमा बस दुर्घटना हुँदा सात जना घाइते भएका छन् । काठमाडौंबाट धुन्चे तर्फ जाँदै गरेको प्रदेश ३ १००५ ख ९४६५ नम्बरको बस दुर्घटना भएको हो । बसमा ९ जना यात्रु सवार रहेका थिए । घाइतेलाई एम्बुलेन्सबाट काठमाडौं पठाइएको छ । बस सडकबाट एक सय मिटर तल खसेको छ ।  घटनाबारे थप विवरण आउन बाँकी छ ।



प्रतिक्रियाहरु