फेसबुकबाट २३ लाख ठग्ने नेपाली डायना खोरमा

 
भक्तपुर । आफु भारत महाराष्ट्र बस्ने भन्दै फेसबुकमा नक्कली आईडी बनाएर २३ लाख ठगीगर्ने एक महिला पक्राउ परेकी छिन् । भारत महाराष्ट्र फलबर रेलनगर बस्ने बर्ष ३८ को श्रीपाल जैनले प्रयोग गने फेसवुक आईडीमा डिना रोज फेसवुक प्रयोग गर्ने डायना सेकेन्डको नामबाट पे्रmण्ड रिक्वेस्ट पठाई ठगी गर्ने ती महिलालाई प्रहरीले राजधानीको जडिबुटीबाट पक्राउ गरेको हो । पक्राउ परेकी महिलाको कोठाबाट २० लाख ८० हजार रुपियाँसमेत बरामद भएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । 
पक्राउ पर्नेमा महोत्तरी औरी नगरपालिका वडा नं. ३ की २१ वर्षीय डायन सेकेन्ड रहेकी छिन् । डायनाले आपूm सम्पन्न र उच्च पारिवारिक पृष्ठभुमीको भएको र आपूm सम्पुर्ण पारिवारिक व्यवसायको एक्लो वारेश रहेकोले भारतमा रहेको आप्mनो व्यवसाय निज जैन श्रीपाललाई मिलाई दिन्छु भनि प्रलोभन देखाई नेपालमा बोलाई नेपालबाट मुम्वई फर्कने क्रममा असार ६ गते दिउँसो त्रिभुवन विमानस्थलको कस्टममा पुगेपछि आप्mनो बाबुले पठाएको बहुमुल्य सामान प्राप्त गर्न ठुलो भन्सार रकम आवश्यक परेको बहाना बनाई जैन श्रीपालसँग २३ लाख रकम लिएकी थिइन । सो रकम लिएपछि सम्पर्क विहिन भई फरार भएपछि जैन श्रीपालले महाशाखामा जाहेरी दिएका थिए । 
डायना सेकेन्डको खोजतलास गर्ने क्रममा महाशाखाबाट खटिएको प्रहरी टोलीले सोहिदिन वेलुका काठमाडौं महानगरपालिका वडा नं. ३२ नरेफाँटबाट उनलाई पक्राउ गरेको थियो । पक्राउपछि सोही स्थानमा रहेको निजको कोठा खानतलासी गर्दा प्रहरीले ठगी गरेको रकम मध्येको २० लाख ८० हजार रुपिया, डायना सेकेन्डको नामको राहदानी थान–१, रकम आईएमई गरेको भौचर चार, बिभिन्न कार्डहरु थान–१० समेत बरामद गरेको थियो । ठगी सम्वन्धि कसूरमा आवश्यक कारवाहीको लागि डायनालाई महानगरीय प्रहरी परिसर, काठमाण्डौ पठाईएको महाशाखाका एसपी शुसिल सिंह राठोरले बताउँनु भयो । 
 



प्रतिक्रियाहरु