क्रान्ति पुरा गर्न फेरि अध्यक्ष भएको हुँ –बिजुक्छे, नेमकिपाद्धारा प्रदेश प्रमुख छनौट


भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले क्रान्ति पुरा नभएकाले आफु फेरि अध्यक्ष भएको बताएका छन् । भक्तपुरको कमलविनायकस्थित बिजुक्छे निवासमा मंगलबार पत्रकारहरुसंग कुरागर्दैं ८० वर्षे बिजुक्छेले भने ‘नेपालमा समाजवाद अझं नआएकाले म फेरी अध्यक्ष भएको हुँ ।’ आफुलाई पार्टीले खटाएकाले नै पुनः अध्यक्ष भएकाले कुनै नौलो नलागेको बिजुक्छेको चनाई थियो ।
आफुहरुले व्यक्तिगत इच्छा र चाहाना भन्दा माथि उठेर पनि पार्टीको आवश्यकता अनुसार र पार्टीले तोकेको पदमा रहेर काम गर्ने गरेको उल्लेखगर्दै बिजुक्छेले भने, संघीय संसद र ३ नम्बर प्रदेशको संसदमा साचोँ प्रतिपक्ष भनेको नेमकिपा मात्र रहंदै आएको छ । भागबण्डामा भाग लिने प्रतिपक्ष हुन नसक्ने उल्लेखगर्दै  बिजुक्छेले भने, नेपाली कांग्रेसले कि त भागबण्डामा भाग लिनु भएन । कि त प्रतिपक्ष भन्नु भएन ।
नेपालका नेकपालगायतका कम्युनिष्टि भन्ने दलहरु कम्युनिष्ट नै नभएको दावी दोहो¥याउँदै बिजुक्छेले केही दिन अघि प्रचण्डले समेत उक्त कुरा सार्वजनिक कार्यक्रममा स्विकार गरेको बताए । ‘बन्दुक बोक्नेनै कम्युनिष्ट हुने भए पृथ्वी नारायण शाह, राणा शासक, कांग्रेस सबै कम्युनिष्ट हुने थिए, बिजुक्छेले थपे । नागरिकता विधेयक बारेमा बोल्दै बिजुक्छेले भने ‘एकहातमा सिन्दुर र अर्कोहात नागरिकता दिने कुरा राम्रो होइन । बाहिरका मानिसलाई नागरिकता दिदाँ धेरै कुरा बिचार गरेरमात्र दिनु पर्छ ।
नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशनबाट नारायणमान बिजुक्छें रोहित अध्यक्षतामा २८ सदस्य कार्य समिति चयन भएको छ । मंगलबार बसेको पार्टीको बैठकले सचिवालय गठन गरेको छ । जसमा प्रेम सुवाल, सुनिल प्रजापति, मोहन प्रसाद प्रजापति र नन्द बहादुर शाही रहेका छन् । केन्द्रीय सदस्यहरुमा डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, सनकमान महर्जन, नन्दबहादुर शाही, बजिरसिं विश्वकर्मा, नर्मा गुरुङ, नारायण महर्जन, सरोजराज गोसाई, उकेश कवां, खगेन्द्र बहादुर शाही, कृष्णकुमार वैद्य, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सुरेन्द्रराज गोसाई, सृजना सायजू, सरोजकुमार साह रहेका छन् । कृष्णबहादुर तामाङ र मुक्ति यादव वैकल्पिक केन्द्रीय सदस्य छन् । बैठकले रविन्द्र ज्याख्व केन्द्रीय सदस्य र राजेन्द्र चवाल र नारायण बहादुर दुवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा नियुक्त गरेको नेमकिपाले जानकारी दिएको छ । वैठकले प्रदेश संयोजक समेत तोकेको छ । जसअनुसार प्रदेश १ मा उकेश कवां, २ मा सुरेन्द्रराज गोसाई, ३ मा प्रेम सुवाल, गण्डकीमा डिल्ली प्रसाद काफ्ले, ५ मा हरि सुन्दर वासी, कर्णालीमा सरोजराज गोसाई र सुदुरपश्चिम प्रदेशमा नन्दबहादुर शाहीलाई चयन गरेको हो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु