कास्की दुईबाट विद्या उम्मेदवार बन्ने


पोखरा । आगामी मंसिर १४ गते हुने उपनिर्वाचन अन्तर्गत एक मात्र प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उमेद्वारको टुंगो लगाएको छ । नेकपाले कास्की २ बाट स्व. रबिन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाउने निश्चित भएको हो ।
नेकपा जिल्ला कमिटी कास्कीको शुक्रबार बसेको बैठकले भट्टराईलाई उम्मेदवारमा सिफारिस गर्न सर्वसम्मत निर्णय गरेको हो । मंसिर १४ गते कास्की दुईमा प्रतिनिधि सभा सदस्य, भक्तपुर क्षेत्र नंं १ अन्तर्गतको क सहित तीन प्रदेशसभा सदस्य, एक नगर प्रमुख, एक गाउँपालिका अध्यक्षसहित ५१ स्थानमा उपनिर्वाचन हुँदैछ । तत्कालीन पर्यटनमन्त्री एवं कास्की २ का प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि उक्त निर्वाचन क्षेत्र रिक्त थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु