काँग्रेसलाई चुनाव जिताउन तरूण दलको निर्वाचन यात्रा


भक्तपुर । उपनिर्वाचनमा कांग्रेसलाई जिताउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको युवा संगठन नेपाल तरुण दलले भक्तपुरबाट ‘तरूण निर्वाचन यात्रा सुरु गरेको छ । भक्तपुर क्षेत्र नम्बर १ को प्रदेशसभा क निर्वाचन क्षेत्रबाट उपनिर्वाचनमा काँग्रेसलाई जिताउन ‘काँग्रेस जिताऔं अभियान’ संचालन गरिएको तरूण दलका महासचिव भुपेन्द्रजंग शाहीले बताउनुभयो । महामन्त्री शाहीले भक्तपुरदेखि सुरु भएको अभियान पोखरा, बाग्लुङ, चितवन, दाङ हुँदै कोहलपुरमा गएर टुंगिने जानकारी दिनुभयो ।
अभियानका क्रममा उपनिर्वाचन हुने विभिन्न निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरुको समन्वयमा चुनावी प्रचार, ¥याली, घरदैलो, सभा, तरुण युवासँग अन्तरक्रिया र मतदातासँग अन्तरसंवाद लगायतका कार्यक्रम हुनेछन् । महासचिब शाहीले कम्युनिस्ट सरकारको भ्रस्टाचार, अधिनायकवाद, लम्पसारवादको भण्डाफोर गर्दै काँग्रेस उम्मेदवारलाई विजयी गराउन अभियान संचालन गरिएको जानकारी दिनुभयो । यो अभियानमा सहभागी हुन सम्पुर्ण तरुण एबम् लोकतन्त्रप्रेमीहरुमा सक्रियता पुर्बक सहभागी हुन तरुण दलले आव्हानसमेत गरेको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु