भक्तपुरमा छ वटा वडा मतगन्दा काँग्रेस २३ सय मतले अगाडि


भक्तपुर । शनिवार सम्पन्न प्रदेश सभा निर्वाचनको पछिल्लो मतगणनामा नेपाली कांग्रेसका उमेद्वारले अग्रता लिएका छन् । भक्तपुर–१ (क) मा प्रदेश सभा सदस्का पदका लागि भएको उपनिर्वाचनको मतगणनाको आइतबार बिहान सात बजेसम्म चाँगुनारायण नगरपालिका वडा नम्बर १,२,३,४,५ र ६ सम्मको मतगणनामा कांग्रेसका उमेद्वार कृष्णलाल भडेलले २ हजार ३ सयभन्दा बढी मतले अग्रता बनाएका हुन् । गएराती १० वजेदेखि भएको गणनामा भंडेलले शुरुदेखि नै अग्रता बनाएका थिए ।
अव चांगुनारायणका ७, ८ र ९ नंं वडा र भक्तपुरका नगरपालिकाको १० नं. वडामा मतगणनाको परिणाम आउँन बाँकी छ । छ वडामा कांग्रेसका उमेद्वारले अग्रता बनाएपछि कांग्रेसका कार्यकर्ता उत्साहित बनेका छन् । उपनिर्वाचन मा  ७०.७२ प्रतिशत मत खसेको छ । यस प्रदेशमा कुल ४५ हजार १५ मतदाता रहेकामा जम्मा ३१ हजार ६५२ जना मतदाताले मतदान गरेका थिए । सो प्रदेश सभा सदस्यकालागि १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल, नेकपाका उम्मेदवार देवीप्रसाद ढकालबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।
पछिल्लो मतपरीणाम

रुख – ९०९५
सूर्य – ६७८३
मादल – २०६४
गाई – २९४
तराजु – २४८
हासिया हथौडा – १४
हात – १५

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु