सभामुख नेकपाबाटै बनाउँन उपसभामुखलाई राजीनामा गराईँदै


काठमाडौं । सभामुख पार्टीभित्रबाटै बनाउँनका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी नेकपाले गरेको छ । संसद्को हिउँदे अधिवेशन अगावै उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउँने तयारी पार्टीले गरेको बताइएको छ । उपसभामुखले राजीनामा गरे पुस ४ मा सुरु हुने अधिवेशनको अध्यक्षता राजपाका नेता एवं जेष्ठ सदस्य महन्थ ठाकुरले गर्नेछन् ।

संसद् नियमावलीको व्यवस्थाअनुसार प्रतिनिधिसभा बैठकको प्रारम्भ र अन्त्य सभामुखले गर्नेछन्। उनी नहुँदा ज्येष्ठ सदस्यले अध्यक्षता गर्ने व्यवस्था संविधानमा छ । यौन दुव्र्यवहार आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद खाली छ ।
सभामुख र उपसभामुख फरक दल र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्था छ । उपसभामुखबाट राजीनामा नगरी नेकपाका सांसदले सभामुखमा प्रतिस्पर्धा गर्न नपाउँने भएकाले सत्तारुढ नैकपाले उपसभामुखलाई राजीनामा गराउँन लागेका हो । सभामुख आफ्नो पार्टीले लिएपछि उपसभामुख अन्य पार्टीलाई दिने तयारी नेकपाको छ । उपसभामुखले सभामुखलाई सम्बोधन गरी राजीनामा दिनुपर्ने संसद् नियमावलीमा व्यवस्था छ । जेष्ठ सदस्यले उपसभामुखको राजीनामासम्बन्धी जानकारी प्रतिनिधिसभालाई गराएपछि सभामुख निर्वाचनको प्रक्रिया सुरु हुन्छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु