घटनाको गहिरो अनुसन्धान गरियोस्

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस रौतहट र मोरङमा दुई युवकको शंकास्पद ढंगले मृत्युको भन्दै गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विहीबार विज्ञप्ति जारी गरी प्रहरी हिरासतमा एकपछि अर्को गरी शंकास्पद मृत्यु भइरको भन्दै वास्तविकता सार्वजनिक गर्ने र आवश्यक कार्वाहीको प्रक्रियामा जाने कार्यमा कुनै मोलाहिजा नगर्न सरकार आग्रह गरे ।
 
विज्ञप्तिमा भनिएको छ ,रौतहटको इलाका प्रहरी कार्यालय गरुडामा केहि दिन देखि हिरासतमा रहेका वर्ष १९ का बिजय महरा परिवारका सदस्यले दिएको जानकारी अनुसार स्वस्थ र हट्टाकट्टा युवक थिए । तर आज अकस्मात बिरगंजको एक अस्पतालमा उनको निधन भएको खबर थाहा पाउँदा परिवारजन र स्थानीयवासी आक्रोशित हुनु स्वभाविक हो । नेपाली कांग्रेस रहस्यमय ढंगले भएको उनको मृत्युबारे गहिरो अनुसन्धान गरेर वास्तविकता बाहिर ल्याउन सरकार समक्ष माग गर्दछ । 
भदौ ११



प्रतिक्रियाहरु