'हामी बिपीको पदचिन्हबाट पृथक हिँडन् थालेका छौं'

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले बिपी कोइराला नेपालको आधुनिक लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता भएको बताएका छन् । १ सय ७ औं बिपी  जयन्तीमा पार्टी केन्द्रीय कार्यालयले आयोजना गरेको भर्चुअल विचार गोष्ठीमा उनले भने, ‘नेपालको निर्माता पृथ्वीनारायण शाह थिए भने नेपालको आधुनिक र लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माता बिपी कोइराला हुनुहुन्छ ।’
 
 
निधिका अनुसार बिपीको राष्ट्रिय मेलपमिलापको नीति राजनीतिक आन्दोलनको मोडल थियो ।  उनले भने, ‘उहाँ मेलमिलापको नीति लिएर आएपछि तरंग ल्याएको थियो । उनले पञ्चायत सकिए पनि राजा नसकिन सक्छ भन्नुभएको थियो । पछि बहुदलीय लोकतन्त्र पुनस्थापन गर्यौं ।’
 भदौ २४



प्रतिक्रियाहरु