'मुख्यमन्त्रीमा राजनीतिक आचरण र संस्कार देखिएन'

कैलाली । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टी विभाजनपूर्व भट्टका विशेष पात्र मानिने मुख्यमन्त्री त्रिलोचन भट्ट पार्टी विभाजनपछि प्रचण्ड–माधव नेपाल समूहमा देखिएपछि उनले आक्रोशित बनेका हुन् । मुख्यमन्त्री भट्टलाई राजनीतिक संस्कार नभएको बताउँदै उनले राजनीतिक आचरण र संस्कार नभएकाले समूहमा लागेको बताए । भट्टले भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरेर राजनीतिक संस्कार विपरीत काम गरेको बताए ।
 
मन्त्री भट्टले तत्कालै प्रदेश सरकार फेरवदलको कसरत नहुने बताएका छन् । संस्थापनले कसैलाई बदलिहाल्ने र कसैसँग गठबन्धन गरिहाल्नेबारे नसोचेको बताउँदै प्रचण्ड(नेपाल समूहले के कस्ता क्रियाकलप गर्छन् त्यसैमा भर पर्ने बताए । प्रचण्ड-नेपाललाई गम्भीरतापूर्वक संघीय सरकार र पार्टी नेतृत्वले हेरिरहेको पनि उल्लेख गरे  । छिट्टै स्थायी समितिको बैठक बस्ने बताउँदै उनले उनीहरूविरुद्ध कस्तो कदम चाल्नेबारे निर्णय गर्ने बताएका छन् ।
 
नेकपा प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले अध्यक्षविना गरिएका सम्पूर्ण निर्णय आफूलाई अमान्य रहेको भन्दै खारेज गर्ने बताए । केही दिनअघि नेकपा प्रचण्ड-माधव समूहको प्रदेश समिति बैठकको निर्णयलाई लक्षित गर्दै अध्यक्ष थापाले आफूलाई मान्य नभएको भन्दै आपत्ति जनाएका हुन् ।  -पुस २०



प्रतिक्रियाहरु