अनेरास्ववियू भक्तपुरमा हलचलः धमाधम त्याग्न थाले राजनिति

भक्तपुर । केपी शर्मा ओली निकट विद्यार्थी अनेरास्ववियूका दुई केन्द्रिय र एक जना जिल्ला कमिटिका सदस्यले संगठन छोडेको घोषणा गरेका छन् । केन्द्रिय सदस्यद्धय हरि शरण बस्नेत  र पुष्पराज ढकाल त्यसैगरि अर्का विद्यार्थी नेता प्रवेश तिमिल्सिनाले पनि संगठन छोडेको घोषणा फेसबुक मार्फत गरेका छन् । बस्नेत र ढकाल केही दिन अगाडी मात्र केन्द्रिय सदस्य नियुक्त भएका थिए । तिमिल्सिना ओली निकट समुहको विद्यार्थी सगठनको जिल्ला कमिटी सदस्य हुन् । लामो समय विद्यार्थी आन्दोलनमा रहेकाहरुलाई भन्दापनि नेताका आसेपासेलाई केन्द्रिय सदस्य बनाएको र जिल्लासंग केही समन्वय नगरेकोका आजका मितिदेखि आफुहरु स्वतन्त्र हुने बस्नेत र तिमिल्सिनाले हामीसंगको कुराकानीमा बताएका छन् । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु हुदाँ बस्नेत जिल्ला कमिटी उपाध्यक्ष, ढकाल सहसचिव थिए । विद्यार्थी राजनितिमा निस्कृय रहेका, विरोधी संगठनबाट अनेरास्ववियूमा प्रवेश गरेका र क्याम्पसको कक्षा कमिटिमा भएकालाई नेताको सिफारीशमा केन्द्रिय कमिटिमा लगिएकोमा मेरो आपत्ति छ,  बस्नेतले भने । केन्द्रले समन्वय नगरी मनोमानी केन्द्रिय सदस्य बनाएको भन्दै भक्तपुरमा ओली निकट विद्यार्थी नेताहरुमा असन्तुष्टि फैदा भएको छ । यो कार्यले ओली निकट नेताहरुलाई धक्काले लाग्ने देखिन्छ । -पुस २२



प्रतिक्रियाहरु