अभियन्ता सरु सुनार सम्मानित

ललितपुर । सैघाली मिडिया ग्रुप प्रा.लि. कार्यक्रम संयोजक तथा अभियन्ता सरु सुनार सम्मानित भएकी छन् ।

दलित सेवा संघको २५ औं वार्षिकोत्सव तथा रजत जयन्तीका अवसरमा हिजो राजधानीमा आयोजित एक भव्य समारोहमा सामाजिक विभेदका विरुद्ध सशक्त रुपमा संचार वकालत गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्माले दोसल्ला ओढाएर उनलाई सम्मान पत्र प्रदान गरेका थिए ।

अभियन्ता सुनार लामा समयदेखि महिला, सामाजिक न्याय र समानताका लागि सशक्त रुपमा आवाज उठाउँदै आएकी छन् ।



प्रतिक्रियाहरु