असोज ११ गते तेस्रो मिस भक्तपुर छानिदै


भक्तपुर । वर्षेनी आयौजन हुदै आएको मिस भक्तपुर असोज ११ गते हुने भएको छ । तेस्रो मिस भक्तपुर को बन्ने टुंगो असोज ११ गते लाग्ने भएको हो  । नेपाल ईभेण्ट म्यानेजमेण्टले पछिल्लो तीन बर्ष लगातार आयोजना हगर्दै आईरहेको मिस भक्तपुर सिजन ३ को अन्तिम चरण असोज ११ गते सुर्यविनायकस्थित यो यो बैंक्वेट घलातेमा हुने आयोजक नेपाल ईभेण्ट म्यानेजमेण्टका अध्यक्ष अरुण कवेले पत्रकार सम्मेलन मार्फत बताउनुभयो ।
प्रतियोगीतामा सहभागी भएका कुल ३३ सहभागी मध्य बिभिन्न प्रतियोगीताबाट १४ जना छनौट गरी अन्तिम चरणमा प्रतिस्पर्धा गराईन लागेको अध्यक्ष कवेले बताउनुभयो । प्रतियोगिता अन्तर्गत क्वाटर र सेमिफाईनल राउण्ड सम्पन्न भैसकेका छन् । प्रतियोगितामा प्रथम हुनेले स्कुटी, दोस्रोलाई ल्याबटप र तेस्रो हुनेलाई मोबाईलको साथमा गिफ्ट ह्याम्पर प्रदान गरिने संस्थाका सचिब राज थापाले बताउनुभयो । बिजेता एक जना होण्डाको ब्राण्ड एम्बेस्डर हुने र अन्य दश जनालाई गिफ्ट ह्याम्पर सहित अन्य एवार्डले सम्मान गरिने आयोजकको भनाई छ ।
कार्यक्रमको टाईटल स्पोन्सर होण्डा रहने र पाओरर्ड बाईमा वेभ गु्रप र सिग्नेचर साथै ईन एसोसियसन विथमा माछापुच्छे बैंक तथा ब्रिज वाटर कलेजले साथ दिएका छन् । मिस भक्तपुर सिजन १ मा एलिना खड्का बिजेता भएकी थिईन् भने मिस भक्तपुर सिजन २ मा रोसिका देउजा बिजेता भएकी थिईन् । सहभागी मध्यबाट छनौट भएका १८ जनालाई बिभिन्न ब्यतिmत्व र क्षमता बिकासका तालिम समाजका बिभिन्न क्षेत्रका अगुवाबाट प्रदान भैरहेको नेपाल ईभेण्ट म्यानेजमेण्टलका अध्यक्ष कवेले बताउनुभयो ।
कार्यक्रम आयोजन पश्चात बचेको रकम मानव कल्याण समाजलाई सहयोग गरिने बताईएको छ । कार्यक्रम आयोजना गर्न करिब १५ लाख लाग्ने बताउँदै सहभागीलाई ४५ दिन लगातार तालिम प्रदान गरिने गरेको बताइएको छ । कार्यक्रमको कोरियोग्राफरमा द्धारिका अधिकारी रहनु भएको र यो प्रतियोगीता सम्पन्न गर्न सुरुदेखि अन्तिमसम्म तीन महिना लाग्ने गरेको छ । बिउटी विथ ब्रेनको अवधारणा अनुसार अघि बढेको प्रतियोगीता अन्तर्गत ब्राण्ड एम्बास्टर छनौट मात्र भोटिङ राउण्डमा हुने गरेको र क्षमता पैसामा नबिकोस् भनेर यस्तो गरिएको अन्य सबै राउण्ड क्षमता प्रदर्शनकै आधारमा हुने आयोजकको भनाई छ ।
प्रतियोगीतामा १६ देखि २५ बर्ष उमेर समुहका एसईई उतीर्ण युवती सहभागी हुन सक्ने प्रावधान राखिएको छ । प्रतियोगीतामा सहभागी हुन एक ब्यक्तिबाट फाराम भर्दाको शुल्क  ५ सय र थप १२ हजार लिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा हनुमन्ते सफाई अभियन्ता रुद्र पौडेल, चलचित्र निर्देक मदन घिमिरे, पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, वेभ ग्रुपका नरेश रन्जित र राजु कुटु लगायतले प्रतियोगीताको सफलताको शुभकामना दिनुभएको थियो ।

 



प्रतिक्रियाहरु