नायिका एलिजा गौतम घर बनाइदिने

काठमाडौं ।  अनुराग फिल्मकी नायिका तथा म्युजिक भिडियो मोडल एलिजा गौतमले फाउण्डेशन स्थापना गरेर सामाजिक कार्यको सुरुवात गर्ने भएकी छिन् । एलिजा फाउण्डेशन स्थापना गरी धादिङ जिल्लामा ७७ वटा घरहरु निर्माण गर्ने घोषणा एलिजाले गरेकी हुन् । सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दुर्गम तथा विकट भागमा गरिब, असहायहरुको लागि प्रत्येक जिल्लामा दश दश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु, एलिजा लेख्छिन्, यस पवित्र कार्यमा सबैको साथ, सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । एलिजाले बेलाबखत सामाजिक सेवाको कार्य गर्दै आइरहेकी छिन् । -पुस ३



प्रतिक्रियाहरु