कृतिम घटना अभ्यास बारे समुदायलाई जानकारी दिदै रेडक्रस


भक्तपुर । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भक्तपुरले च्यावासिङमा कृृतिम घटना अभ्यास कार्यक्रमको आयोजना गरेको छ । जनसमुदायलाई प्राथमीक उपचारको महत्वका बारे जानकारी दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा घाईतेका प्रकार र अवस्था अनुसार कसरी प्राथमीक उपचार गर्ने भन्ने बारेमा समुदायलाई जानकारी  दिन अभ्यासको आयोजना गरीएको हो ।
कार्यक्रममा स्थानीयवासी, प्रहरी, ट्राफिक, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा, उपशाखा र कर्मचारीहरुको बाक्लो उपस्थिती रहेको थियो । उद्घार र उपचारको नाममा गलत तरिकाले गरिने उद्घारले झन घाइतेको अवस्था बिग्रन सक्ने भन्दै रेडक्रसले तालिम प्राप्त व्यक्तीबाट उद्घार र उपचार गर्नु पर्नेमा जोड दिदै आएको छ । त्यसका लागी रेडक्रसले समुदायमा प्राथमिक उपचार तालिम प्राप्त जनशक्तीको सङख्या बृद्घी गर्दै चेतनामूलक कार्यक्रम गर्दै आएको नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा भत्तपुरका सभापति मनोजकुमार थापाले बताउँनु भयो ।
सभापति थापाका अनुसार, जिल्लामा विभिन्न खालको दुर्घट्ना दीनानुदीन बढ्दै गएका छन् । छ लेनको सडकका कारण दिनहुंजसो सडक दुर्घटना भइरहन्छन् । त्यसबाट हुने मानवीय क्षति कमगर्न यस्ता खाले कार्यक्रमले ठुलो सहयोग गर्ने महसुस गरेर रेडक्रसले यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ । कुनै पनी दुर्घटनामा परेका घाइतेलाई अस्पताल पु¥याउनु भन्दा अघि  घाइतेको अवस्था बिग्रन नदिन पनि स्थानीय सामाग्री प्रयोग गरेर कसरी प्राथमिक उपचार गर्न सकिन्छ भन्नेबारे समुदायलाई जानकारी दिन यस्ता कार्यक्रम गर्दै आएको सभापति थापाको भनाई छ  । समुदायलाई प्राथमिक उपचारको मह्त्वबारे जानकारी दिन र घाईतेलाई कुन तरीकाले कसरी उद्घार गर्ने, भन्ने जानकारी दिनका लागी यो कृतीम अभ्यास गरीएको हो ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु