असक्त प्रहरी कर्मचारीलाई चारपाङग्रे स्कुटर


काठमाडौं । बहालवाल र सेवा निवृत्त प्रहरीका अशक्त कर्मचारीहरुलाई चार पाङ्ग्रे स्कुटर प्रदान गरिएको छ । प्रहरी मुख्यालयमा बुधवार अपरान्ह आयोजित एक समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बहालवाला तथा सेवानिवृत्त असक्त प्रहरी कर्मचारीहरुलाई चारपाङग्रे स्कुटर हस्तान्तरण गर्नुभएको हो । कर्तव्य पालनाको सिलसिलामा विभिन्न कारणले घाइते भई असक्तताका कारण हिँडडुल गर्न कठिन भएका पूर्व प्रहरी निरीक्षक राम बहादुर चन्द र केन्द्रीय प्रहरी विशेष कार्यदलमा कार्यरत प्रहरी जवान पासाङ लामालाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्कुटर हस्तान्तरण गर्नुभएको हो ।


कार्यक्रमलाई सम्बोधनगर्दै प्रहरी महानिरीक्षक खनालले प्राप्त सवारी साधनलाई भरपुर उपयोग गरी जीवन अझै सार्थक बनाउन आग्रह गर्दै आफ्ना सदस्यालाई आफ्ठ्यारो परेका वेला सहयोग गर्न संगठन तयार रहेको बताउनुभयो । असक्त अवस्थामा पनि आँट, साहस र हिम्मतका साथ गरेको संघर्ष प्रेरणादायी रहेको उल्लेख गर्दै महानरिरिक्षक खनालले आफ्ना सदस्यहरुको पीर, मर्कालाई सम्बोधन गर्ने प्रयास स्वरुप प्रहरी कल्याण कोष मार्फत विभिन्न सेवा सुविधा प्रवाह एवम् कल्याणकारी कार्यक्रमहरु संचालन गर्दै आइरहेको बताउँनु भयो ।
प्रहरी कल्याण कोषले आर्थिक वर्ष २०७५÷०७६ को वार्षिक कार्यक्रम अनुसार ३ वटा चारपाङग्रे स्कुटर खरिद गरी निस्शुल्क उपलब्ध गराएको हो । ती स्कुटरमध्ये १ थान जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी सहायक निरीक्षक देवी नेपालीलाई प्रदान गरिने छ । स्कुटर हस्तान्तरण कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु