फैलंदै जापानिज प्रबिधिको कम्पोष्ट मल उत्पादन


भक्तपुर । मध्यपुर थिमिबाट शुरु भएको जापानी प्रविधिबाट कम्पोष्ट मल बनाउँने प्रबिधि क्रमस अन्य जिल्लामा पनि फैलने भउको छ । स्थानीय फोहोर संकलन गरेर बनाइने सो प्रविधि प्रभावकारी भएसंगै अन्य जिल्ला र स्थानीय तहमा बिस्तार हुन थालेको हो । त्यसै ३ नं. प्रदेश सरकार अन्तर्गत कृषि विकास निर्देशनालयको सहकार्यमा प्रदेश नं. ३ का सात जिल्लाका एक सय २५ जनालाई जापानिज प्रबिधिबाट कम्पोष्ट मल उत्पादन गर्ने तालिम प्रदान गरिएको छ ।
मध्यप्ुरथिमि नगरपालिकाले वडा नं. ४ मा गतवर्षबाट संचालनमा ल्याएको घरघरको फोहोर संकलन गरि कम्पोष्ट मल बनाउने जापानिज प्रबिधिलाई ३ नं. प्रदेशको सबै जिल्लामा बिस्तार गर्ने उदेश्यले त्यस्तो तालिम सञ्चालन गरिएको हो । मध्यपुरथिमि नगरपालिका र रिकिशी कम्पोष्ट मल प्रालिद्धारा आयोजित कार्यक्रममा मध्यपुर थिमि ४ मा रहेको कम्पोष्ट मल केन्द्रमा संचालित जापनिज प्रविधिबाट कम्पोष्ट मल बनाउने तालिमका सहभागिलाई प्रतिनिधीसभाका सांसद एवं पूर्वउद्योग मन्त्री महेश बस्नेतले प्रमाण पत्र बितरण गर्नुभयो ।


मध्यपुर थिमिका नगरप्रमुख मदनशुन्दर श्रेष्ठका अनुसार, तालिममा भक्तपुरका अलवा चितवन, दोलखा, रामेछाप, बाजुरा, काठमाडौ, सिन्धुपाल्चोक  जिल्लाका सहभागिता रहेको थियो । कार्यक्रमलाई सम्बोधनगर्दै सांसद बस्नेतले कृषिलाई आधुनिक, बैज्ञानिक र यान्त्रिक बनाउने अभियानलाई यो प्रबिधिले सहयोग पु¥याउने उल्लेखगर्दै ३ नं. प्रदेशका सबै जिल्लामा यो अभियानलाई बिस्तार गर्नुपर्नेमा जोड दिनु भयो । शहरीकरणबढेसंगै फोहोर व्यबस्थापन निकै चुनौतीपूर्ण बन्दै गएको समयमा यो प्रविधिले महत्वूर्ण भूमिका खेल्ने बस्नेतको भनाई थियो ।
  मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले रिकिसी प्रविधिका कारण मध्युरथिमिको फोहोर व्यबस्थापनमा सघाउ पुगेको उदाहरण प्रस्तुतगर्दै नगरपालिकाले अहिले वडा नं. ४ का घरघरबाट फोहोर संकलन गरेर कम्पोष्ट मल बनाउँदै आएकोमा यसलाई नगरपालिकाका सबै वडामा विस्तार गरिने बताउनुभयो । यो प्रबिधिबाट उत्पादित कम्पोष्ट मलले तरकारीको उत्पादनमा बृद्धि भएको बताउदै प्रमुख श्रेष्ठले यो प्रविधिले रासायनिक मललाई बिस्थापित गर्न समेत सघाउ प्ुर्याउने बताउँनुभयो । यो मल उत्पादन केन्द्र अहिले अध्ययन एवं अवलोकनको केन्द्र बनेको बताउदै प्रमुख श्रेष्ठले यहीबाट सिकेर राप्ती नगरपालिकामा पनि यो प्रबिधिबाट मल उत्पादन सुरु भएको बताउनुभयो ।
 रिकिशी कम्पोष्ट मल प्रालिका प्रबन्ध निर्देशक उषा गिरीले घरमा फाल्ने फोहोरलाई अर्गानिक मल बनाएर प्रयोग र बिक्री गर्न सकिने उदाहरण प्रस्तुतगर्दै यो प्रबिधिलाई देशव्यापी रुपमा विस्तार गर्नुपर्नेमा जोड दिनुभयो । जापानमा ४७ वर्ष अघि जापानिज नागरिक हासिमोदोले जन्माएको यो प्रबिधि विभिन्न देशमा नमूनाको रुपमा प्रयोगमा आईरहेको गिरीको भनाई थियो । सातदिने तालिममा जापानिज नागरिक जुनसा खामोसिजीले प्रशिक्षण दिनुभएको थियो ।

 



प्रतिक्रियाहरु