एकता बचत तथा ऋण सहकारीको नाफा ६१ लख ६२ हजार


भक्तपुर । आपसी सहयोग, सद्भाव र सामुहिक हितका लागि सहकारी भन्ने मुल मन्त्रसहित स्थापना भएको एकता बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक उत्सव सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरमा अवस्थित सहकारी २०५७ असार २९ गते दर्ता भई २५ जना सदस्यबाट शुरु भएको सहकारीमा हाल एक हजार ५ सय बढी सेयर सदस्य रहेका छन् । संस्थाका अध्यक्ष उमेश लम्सालका अनुसार सहकारीले छरिएर रहेको पुजीलाई एकतृत गरी सदस्यको हितमा परिचालन र सदस्यलाई बढी भन्दा बढी प्रतिफल हुने काममा लगानी गर्दै आएको छ ।


छ सय ७४ जना महिला सेयर सदस्य रहेको सहकारीमा हाल तीन करोड ६४ लाख ४९ हजार रुपियाँ सेयर पुजी रहेको छ । आफ्नै भव्य भवन समेत निर्णाण गरिसकेको सहकारीले २० करोड २९ लाख रुपिया बचत संकलन गरी २० करोड ९९ लाख रुपियाँ कर्जा प्रवाह गरेको छ । संस्थाकी कोषाध्यक्ष तारादेवी बस्नेत कार्कीका अनुसार, सहकारीले गएको आवमा ६१ लख ६२ हजार खुद मुनाफा आर्जन गरेको छ । चालु आवमा सो आम्दानी ८६ लाख ७१ ह्जार पु¥याउँने लक्ष्य रहेको कोषाध्यक्ष बस्नेत कार्कीले बताउँनु भयो ।
 



प्रतिक्रियाहरु