पबित्र हलेसीधाम बचत तथा ऋण सहकारीको नाफा १७ लाख ८१ हजार


भक्तपुर । सानो पुजी ठुलो सपना, हलेसीधामले पुरा गर्नेछ हाम्रो मनोकामना भन्ने मुल मन्त्रसहित स्थापना भएको पबित्र हलेसीधाम बचत तथा ऋण सहकारी संस्थाको १२ औं वार्षिक उत्सव सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित सहकारी २०६४ मंसिर २० गते दर्ता भई २५ जना सदस्यबाट शुरु भएको सहकारीमा हाल एक हजार बढी सेयर सदस्य रहेका छन् ।
संस्थाका अध्यक्ष नारायण प्रसाद न्यौपानेका अनुसार सहकारीले मधयपुर थिमि–३ स्थित आफ्नै जमिनमा साढे तीन तल्ले भवन निर्माण गरिरहेको छ । सहकारीले अघिल्लो आर्थिक वर्षमा १७ लाख ८१ हजार मुनाफा आर्जन गरेको कोषाध्यक्ष नारायण प्रसाद चौहानले बताउँनु भयो । कोषाध्यक्ष चौहानका अनुसार, अघिल्लो आवमा १६ करोड ११ लाख निक्षेप भएको सहकारी आर्थिक वर्ष २०७५÷७६ मा थप तीन करोड १५ लाख रुपिया निक्षेप संकलन गर्न सफल भएको छ ।
अघिल्लो आवमा १८ करोड ८३ लाख रुपिया कर्जा प्रवाह गरेको सहकारीले आर्थिक वर्ष २०७५÷७६ मा चार करोड ३० लाख थपगरी कर्जा प्रवाहको रकम २३ करोड१४ लाख पु¥याएको छ । प्राप्त मुनाफाबाट सहकारीले सेयर सदस्यलाई १५ प्रतिशत प्रतिफल दिने कोषाध्यक्ष चौहानले बताउँनु भयो ।
 



प्रतिक्रियाहरु