सहकारीमार्फत रोजगारी सृजना गरी युवा विदेशीने क्रमको अन्त्य गर्नुपर्छ–प्रमुख थापा


भक्तपुर । सुर्यविनायक नगरपालिकाको अग्रणी सहकारी भित्र पर्ने अनमोल बचत तथा ऋण सहकारी संस्था सूर्यविनायकको शनिबार दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै सूर्यबिनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले अर्थतन्त्रको तीन खम्बामध्ये महत्वपूर्ण एक खम्बाका रुपमा रहेको सहकारीलाई दिगो र मजवुद बनाई राख्न जरुरी रहेको बताउँनु भयो । बैंक तथा वित्तिय संस्थाहरु समेत पुग्न नसकेको गाउँ तथा वडाहरुमा सहकारीले सर्वसाधारणलाई बित्तीय सेवा पु¥याएको चर्र्चागर्दै थापाले सहकारीमार्फत रोजगारी सृजना गरी युवा विदेशीने क्रमको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
सूर्यबिनायक नगरपालिकामा रहेका सहकारीले गरेका हरेक गतिबिधिहरुको सुक्ष्म अवलोकन र अध्ययन गरिरहेको बताउँदै प्रमुख थापाले सबै सहकारीले आफ्ना सेयर सदस्यको हितलाई मध्यनजरगर्दै कार्यक्रम अघि बढाउँनु पर्नेमा जोड दिनुभयो । नगरबासीले परिश्रम गरी जोगाएको पैसा सहकारीमा बचत गर्ने भएकाले सो बचतको सुरक्षाका लागि नगरपालिकाले नियमित अनुगमन समेत गरिरहेको प्रमुख थापाको भनाई थियो । प्रमुख थापाले सहकारीको माध्यमबाट सेयर सदस्यको आयस्तर उकास्न अनमोल साकोस सफल हुँदै गएको र आगामि दिनमा अझै प्रगतिगर्दै शुभकामना दिनु भएको थियो ।
सूर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्ष किरण थापाले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा बताउँदै चर्को व्याज  दिने नाममा एक अर्काका सदस्य तान्ने होडबाजी चलेको बताउँनु भयो । बढी व्याज पाउँने लोभमा फस्दा साउनै गुमाउनु पर्नेतर्फ सतर्क गराउँदै थापाले सहकारीका सञ्चालक, त्यसमा भईरहेका गतीविधि नियालेर मात्र कारौवार गर्न सुझाव दिनुयभयो । नगरपालिकाभित्र १ सय २६ वटा सहकारी संस्था रहेको जानकारी दिँदै वडाध्यक्ष थापाले सहकारीले आफ्ना बचतकर्ताहरुको आर्थिक रुपान्तरणमा भूमिका खेल्न सक्नु पर्नेमा जोड दिनु भएको थियो ।
संस्थाका अध्यक्ष बच्चुराम थापाले तीन तहको अवधारणा अनुसार सबै तहको सहकारी सम्बन्धि ऐन, नियम, विनियम र निर्णयहरु एक रुपता नआएकाले केही जटिलता आएको बताउँदै संस्थाका पदाधिकारीको निहीत स्वार्थ र महत्वकांक्षीको कारणले अहिले सहकारी क्षेत्रमा समस्या देखा परेको उल्लेख गर्नुभयो । अनमोल बचत तथा ऋण सहकारी त्यतातिर नलागी देशको दह्रो आर्थिक खम्बाको रुपमा उभ्याउन सफल भएको अध्यक्ष थापाले बताउँनु भयो । सचिव राजु श्रेष्ठले आफ्नो कार्य क्षेत्रभित्रका सबै सदस्यलाई समान किसिमले व्यहार गरेकै कारण सदस्यहरुको संख्यामा वृद्धि भईरहेको बताउँदै वित्तिय क्षेत्रको स्थितिमा सुधार गर्दै जाने र शीप, पेशा, व्यवसाय, उद्योगमा कर्जा प्रवाहमा वृद्धि गर्ने योजना रहेको जानकारी दिनुभयो ।
कोषाध्यक्ष तुलसादेवी थापा राईले आयव्यय बिवरण प्रस्तुतगर्दै गत आर्थिक वर्षमा  ५ करोड १२ लाख १६ हजार ४ सय ९६ रुपैयाँ आम्दानी र ४ करोड ३३ लाख २२ हजार ७ सय ५५ रुपैयाँ खर्च भई ७८ लाख ९३ हजार ७ सय ४० रुपैयाँ ९१ पैसा नाफा भएको जानकारी दिनुभयो । संस्थामा १ हजार ६ सय ९ महिला र २ हजार २ सय ३३ पुरुष गरी कूल ३ हजार ८ सय ४२ जना सदस्य रहेको जानकारी दिँदै राईले ०७५÷७६ सम्ममा शेयर पूँजी १ करोड ९४ लाख १२ हजार ४ सय पुगेको, बचतमा ४३ करोड ९५ लाख ३६ हजार ४ सय ७१ रुपैयाँ तथा ऋण लगानी ३२ करोड ६२ लाख ३८ हजार ३ सय ६५ रुपैयाँ भएको बताउँनु भयो ।
लेखा सुपरिवेक्षण समितिका संयोजक मोहन गिरीले बढ्दो कर्जाको मागलाई ध्यानमा राखी संस्थाको पुँजी वृद्धि र लगानीको क्षेत्र विस्तार गर्नु पर्नेमा जोडदिनु भएको थियो । कार्यक्रममा समाजसेवी बिदुरमान सिंह बस्नेत, सूर्यबिनायक नगरपालिकाका सहकारी विज्ञ उद्धव प्रसाद चौलागाईं, संस्थाका उपाध्यक्ष शंकर केसी, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा, संस्थाका सदस्य विश्वराम थापालगायतले सहकारी क्षेत्रमा देखिएको विकृति तथा विसंगति अन्त्य गर्न सबै लाग्नुपर्नेमा जोड दिनु भएको थियो ।
 



प्रतिक्रियाहरु