सुर्यबिनायकको उत्कृष्ठ सहकारी भित्र छहारी बचत तथा ऋण


भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित छहारी बचत तथा ऋण सहकारी संस्थाको ९औं साधारणसभा शनिवार सम्पन्न भएको छ । सधारण सभाका अवसरमा सहकारीले बिभिन्न बिधामा मुलुक र भक्तपुरको नाम उचो बनाएको भन्दै सम्मान गरेको छ ।
त्यसरी सम्मानीत हुनेमा हालै सम्पन्न सागमा दोहोरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ, बाल गायक आयुष केसी, कलिलै उमेरमा न्याय सेवाको अधिकृतमा नाम निकाल्न सफल श्रद्धा बिष्ट लगायतका रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नगदसहित सम्मान पत्रले सम्मान गर्नु भएको थियो ।


कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सहकारी मुलुकको समृद्धिको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै सहकारीको विकाससंगै सर्वसाधारणलाई साना व्यवसाय गर्न सजिलो भएको उल्ले गर्नुभयो । समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई सार्थकतामा पु¥याउन पनि सहकारीको ठुलो भूमिका रहेको उल्लेगर्दै बस्नेतले सहकारीले गाउँ गाउँमा रोजगारीको सिर्जना गरेको मात्र नभई लाखौं नेपालीलाई आत्मनिर्भर समेत बनाउँदै लगेको बताउनुभयो ।
यस क्षेत्रमा छहारी सहकारीले छोटो अवधिमा उल्लेख्य काम गरेको बताउँदै बस्नेतले अन्य सहकारीले पनि छहारीबाट सिक्नुपर्ने बताउँनु भयो । गाउँ गाउँमा साहुको चर्को व्याजमा ऋण लिई आफ्नो सवै सम्पत्तीमात्र नभई इज्जतलाई समेत त्याग्नुपर्ने परम्परालाई सहकारीले तोडेको बस्नेतको भनाई थियो । कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं. ७ का वडाअध्यक्ष रबिन्द्र सापकोटा, समाजसेवी प्रेम बहादुर खड्का, जनक न्यौपाने, श्रीकृष्ण विष्ट, कैलाशभक्त प्रधानाङ्ग, सहकारी बिज्ञ कृष्ण बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।


साधारण सभाकै अवसरमा सहकारीले जेष्ठ नागरिक सम्मानमा ९६ वर्षिय धनबहादुर राजधला र ८२ वर्षिय विष्णुमाया शंखदेव, उत्कृष्ट वचतकर्तामा प्रिया बस्नेत, माइली प्रजापति, असल नियमित बचतकर्ता अनुशा थापा, उत्कृष्ट महिला समूह सृजनशिल महिला समूह, असल ऋणी मिठु परियारलाई सम्मान गरेको थियो । त्यसैगरी एसईई परिक्षामा उकृष्ट नम्बर ल्याई सामुदायीक विद्यालयबाट संस्थाका शेयर सदस्यहरुको छोरा छोरी मध्ये दिपेश घिमिरे र अस्मिता कार्कीलाई समेत पुरस्कृत गरिएको थियो ।
त्यस्तै छहारी छात्रवृत्ति तर्फ रोहन गौले र मिना थापालाई प्रदान गरिएको छ । कार्यक्रममा छाहरी बचत तथा ऋण सहकारीका अध्यक्ष कृष्णहरी खड्काले  आर्थिक वर्ष २०७५÷०७६ को प्रतिवेदन प्रस्तुत गर्दै यस क्षेत्रका सहकारीमध्य छोटो अवधिमै आफ्नै साढे तीन तल्ले भवन बनाउँन सफल सहकारीले आफ्ना सदस्यलाई अत्याधुनिक सेवा प्रदानगर्दै आएको उल्लेख गर्नुभयो । कार्यक्रममा सचिवको रामशरण प्रजापतीद्वारा आव २०७५÷०७६ को प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन प्रविण शंखदेव, लेखा संयोजकको तर्फबाट अनिता राउत तथा लेखा परिक्षकको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।



 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु