भन्सार छलि ल्याएको दुई किलो सुन सहित २ जना पक्राउ

   
काठमाडौं । मलद्धारमा लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमान गेटबाट भन्सार छलि ल्याएको सो सुन सहित २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भारतीय नागरिकहरू कसिफ र ओएचडी मुसरफैन रहेका छन् ।
 नेपाल एयरलाईन्सको उडानमार्पmत दुबईबाट काठमाडौ आएका कसिफलाई भन्सार छलि लुकाइछिपाई ल्याएको सुन ७ सय ३८ ग्राम र इनडिगो एयरको उडानद्वारा भारतको दिल्लीबाट काठमाडौं आएका मुसरफैनलाई सुन २ सय ६८ ग्रामसहित  प्रहरीले पक्राउ गरेको जनाइएको छ । बरामद सुनसहित उनीहरुलाई सहित आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु