२ किलोको कुखुरा मात्र १ सय रुपैयाँ !

काठमाडौं । मासुका लागि उत्पादित ब्वायलर कुखुरा तरकारीभन्दा पनि सस्तो मूल्यमा बिक्री गर्न किसान बाध्य भएका छन् । यो चितवनको वास्तविकता हो ।  दुई किलोभन्दा बढी तौलको ब्वायलर कुखुरा किसानले रु एक सयमा पनि बिक्री गर्न नसकेको गुनासो गरेका छन् । कोभिड–१९ सङ्क्रमणका कारण देशभरका उद्योग व्यवसाय प्रायः ठप्प छन् ।
 
धेरै क्षेत्र यसको मारमा परेको छ । राज्यले कृषि र पशुजन्य उत्पादन ओसारपसार र बिक्री–वितरणमा रोक नलगाएको भए पनि ब्वायलर कुखुरा भने बिक्री हुन सकेको छैन । ब्वायलर कुखुरा उचित मूल्यमा बिक्री नहुँदा चितवनका किसान चिन्तित छन् । उनीहरु लागत मूल्यभन्दा निकै सस्तोमा कुखुरा बेच्न बाध्य भएको गुनासो गर्छन् । 
लकडाउन खुकुलो भएपछिको एक महिना जिउँदो ब्वायलर कुखुराको मूल्य प्रतिकेजी चितवनमा रु २६० सम्म पुगेको थियो ।   होटल, रेष्टुरेन्ट, पार्टी प्यालेस बन्द भएका, विवाह, व्रतबन्ध लगायतका अन्य उत्सवहरु पनि घरको कोठामा सीमित भएका कारण पनि खपत घटेको हो ।
भदौ २१  



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु