ज्वालामुखी र आँधीका कारण २ सय २२ जनाको मृत्यु

 
 
इन्डोनेसिया । इन्डोनेसियामा ज्वालामुखी र सुनामीमा परेर दुई सय २२ जनाको ज्यान गएको छ । सुनामीपछि आएको आँधीका कारण सो हताहती भएको हो । इन्डोनेसियाको सुन्डा स्त्राइटको किनारामा भएको घटनामा परी अन्य सयौँ घाइते भएका छन् । स्थानीय अधिकारीका अनुसार, आँधीले सयौँ घरहरु भत्काएको छ । स्थानीय समयअनुसार आइतबार विहान ९.३० मा आँधी आएको थियो । 
स्थानीयका अनुसार, आकस्मिकरूपमा बर्षा भएको, संरचनाहरु भत्किएका थिए । दृश्यहरु आशु झर्ने खालका थिए, स्थानीय बासिन्दा रेइफिन फजारस्याहले भन्नुभयो । उद्धारकर्ताहरुले खोजी तथा उद्धार कार्य जारी रहेको जनाएका छन् । पछिल्लो विवरण अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या २ सय २२ पुगेको पुष्टी भएको छ भने ८५३ जना घाइते भएका छन् । घट्नामा परेर बेपत्ता हुनेको संख्या २८ पुगेको छ । 



प्रतिक्रियाहरु