बाइडेनको अमेरिकी राष्ट्रपति भएको आधिकारिक घोषणा

काठमाडौँ । राष्ट्रपति निर्वाचनमा इलेक्टोरल कलेजमा डोनाल्ड ट्रम्पलाई जो बाइडेनले जितेको घोषणा केही मिनेटअघि कंग्रेसले गरेको छ। भेर्मोन्ट्सको तीन इलेक्टोरल कलेजको मत राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिसलाई गएको हो। जितका लागि २७० मत आवश्यक पर्छ । जोर्जिया र पेनसिल्भानियामा भएको मतदानबारे उठेको प्रश्नलाई सिनेट र हाउसले अस्वीकार गरिदिएको छ । उता, रिपब्लिकनले पनि एरिजोना, नेभाडा र मिसिगनको इलेक्टोरल भोटलाई अस्वीकार गरेको थियो, तर त्यसले वादविवादमा कुनै स्थान नै पाएन ।  ट्रम्प समर्थकहरूले बुधबार यूएस क्यापिटलमा हुलदंगा गरेपछिको अवस्थामा बाइडेनको आधिकारिक जितको घोषणा आएको हो ।  कंग्रेसको संयुक्त सत्रमा विद्रोहीले अवरोध गरेपछि केही घण्टा कार्यक्रम रोकिएको थियो । उपराष्ट्रपति माइक पेन्सले कंग्रेस सुचारु गर्न आग्रह गरेपछि कार्यक्रम अघि बढेको थियो । -पुस २३
 
 



प्रतिक्रियाहरु