बालकले गरे आत्महत्या

काठमाडौं । घरको पैसा चोरेको निहुँमा आमाले गाली गरेपछि आवेगमा उनले आत्महत्या गरे छन् । 
उदयपुरको गाईघाट घर भएका आशिष चौधरीले झुण्डिएर आत्महत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले बताए । कोटेश्वरस्थित महादेवस्थान मन्दिर नजिकै १४ वर्षीय बालकले झुण्डिएर आत्महत्या गरेका छन् । 
आमा पसलमा बसिरहेको बेला चौधरी सलको पासो लागेर झ्यालमा झुण्डिएका थिए । सल काटेर मिनभवन स्थित सिभिल अस्पताल लैजाँदा चौधरीको मृत्यु भएको बताइएको छ । उनको शव अहिले सिभिल अस्पतालमा राखिएको छ ।  -पुस २३ 



प्रतिक्रियाहरु