फुटसलमा मदरल्याण्ड र ग्लोबल स्कुल विजेता

 
भक्तपुर । एडिफाई प्राइवेट स्कुल्स अर्गनाइजेशन नेपाल (इप्सन) भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत सूर्योदय सेकेण्डरी स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा जुनिएर तर्फ मदरल्याण्ड स्कुल विजेता भएको छ  । प्रतियोगितामा सुर्यविनायक नगरपालिका–९ भातेढिकुरस्थित मदरल्याडले हिमाल एकेडेमीलाई २–० गोलले पराजित गर्दै जुनियरतर्फको उपाधि जितेको हो । सोहि प्रतियोगिता अन्तर्गत सिनियर तर्फको उपाधि ग्लोबल एकेडेमी स्कुलले जितेको छ । 
सोहि प्रतियोगितामा जुनिएर र सिनियर दुवै स्पर्धामा सुर्यविनायक नगरपालिका–७ गूण्डुस्थित हिमाल एकेडेमीले दोश्रो स्थान हात पारेको छ । जुनिएर तर्फको तेश्रो स्थान भने चाँगुनारायण नगरपालिका–६ नगरकोट फेदीको क्वालिटी सेकेण्डरी स्कुल र आयोजक सूर्योदय सेकेण्डरी स्कुल हात पारेका छन् । साथै सिनियर तर्फको तेश्रो स्थान आयोजक सूर्योदय सेकेण्डरी स्कुल र सुडालको पारीजात पिद्यापिठ स्कुलले जितेका छन् । 
इप्सनका सदस्य विद्यालयहरु बिच भएको अन्तर विद्यालय फुटसल प्रतियोगिताको समापन कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेन्द्र श्रेष्ठ, इप्सन अध्यक्ष जिबि खड्का, शिक्षाविद् रामगोपाल कर्माचार्य लगायतले विजेता विद्यार्थीहरुलाई पदक तथा शिल्ड प्रदान गर्दै शुभकामना दिनु भएको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु