खेलकुद बिकास समिति भक्तपुरमा श्रीभक्त काशीछवा



भक्तपुर । जिल्ला खेलकुद बिकास समिति भक्तपुरको अध्यक्षमा श्रीभक्त काशीछवा नियुक्त हुनु भएको छ । बाग्मती प्रदेश खेलकुद बिकास परिषद्ले आफ्ना १३ वटै जिल्लाका जिल्ला खेलकुद बिकास समिति गठन गर्ने क्रममा भक्तपुरको नेतृत्व काशीछवालाई दिएको छ ।
मंगलवार बसेको परिषद् बैठकले भक्तपुर सहित प्रदेशका सबै जिल्लाका खेलकुद विकास समितिलाई पुणता दिएको हो । अध्यक्षमा नियुक्त काशिछवा सत्तारुढ नेकपाका नेता, समाजसेवी, खेलपे्रमी हुन् । खेलाडी पृष्ठभूमीका काशीछवा सफल युवा व्यवसायी समेत हुन् ।


वैठकले काठमाडौमा अरुण बस्नेत र ललितपुरमा भरत प्रसाद पराजुली अध्यक्ष नियुक्त भएका छन् भने काभ्रेमा मानबिर लामा र चितवनबाट प्रह्लाद प्रधान परेका छन् । त्यसैगरी सिन्धुलीमा खडग रजन मगर, मकवानपुरमा सानु लामा,धादिङमा प्रताप सिङ तामाङ , रसुवामा दावा तामाङ , नुवाकोटमा बुद्धिमान तामाङ, रामेछापमा राजेश श्रेष्ठ , दोलखामा रोहित खड्का र सिन्धुपाल्चोकमा शिव देउजा अध्यक्ष नियुक्त गरेको छ ।

 



प्रतिक्रियाहरु