स्वाइन फ्लुबाट ११ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा स्वाइन फ्लुबाट ११ जनाको ज्यान गएको छ । यस बर्षको शुरूदेखि हालसम्म स्वाईन फ्लुबाट ११ जनाको मृत्य भएको दिल्लीको राज्य सरकारका अधिकारीले बताएका छन् । तथ्याङ्क अनुसार सन् २०१९ शुरु भएपछि एक हजार ११ विरामीमा स्वाइन फ्लु भेटिएकामा ११ जनाको विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ । गत बर्षको सोहि अवधिमा दिल्लीमा स्वाइन फ्लुका विरामीको सङ्ख्या २ सय ५ रहेको थियो भने दुई जनाको मात्र ज्यान गएको थियो । 
यस बर्ष उक्त सङ्ख्या निकै धेरै देखिएको बताइएको छ । अधिकारीहरुका अनुसार, जनवरी २९ सम्म स्वाइन फ्लुका विरामीको सङ्ख्या ५ सय १२ रहेकोमा करिब एक हप्ताको अवधिमा बिरामीको सङ्ख्यामा दोब्वर देखिएको छ । यसैबीच दिल्ली सरकारले आफ्ना सबै अस्पतालमा चाहिने औषधि, खोप, तथा अन्य उपचारका सामग्रीको समयमै खरिद गरी विरामीलाई स्वास्थ्य सेवाको कमी हुन नदिन मातहतलाई सतर्क गराएको भारतीय सञ्चारमाध्ययमले जनाएका छन् । 
 
प्रतिक्रियाहरु

सम्बन्धित शीर्षकहरु