नोवेल कोरोना भइरस विरुद्ध भक्तपुर रेडक्रसको अभियान


भक्तपुर । नोवेल कोरोना भाइरसका सम्बन्धमा नागरिकहरुलाई सचेतना जगाउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी, भक्तपुरले  बिषेश अभियान शूरु गरेको छ । भाइरस लागेको थाहा पाउने मुख्य लक्षण, आफु र अरुलाई बच्ने बचाउने उपायहरुका बारेमा सचेतना जगाउँने उदेश्यले रेडक्रसले प्रचार प्रसारको बिषेश अभियान शूरु गरेको हो ।
यस अघि सामुहिक भेला तथा विधालयमा सचेतना कार्यक्रम गरिएकोमा समुदाय स्तरबाट अझ प्रभावकारी रुपमा अभियान शूरु गर्न माग भए अनुसार यो बिशेष अभियान शूरु गरिएको भक्तपुर रेडक्रसका सभापति मनोज थापाले बताउँनु भयो । अभियान अन्र्तगत सूर्यविनायक, कमलविनायक, गठ्ठाघर, मध्यपुरथिमि नगरपालिकाको कार्यालय छेउ, च्यामासिङ्ग र दुघपार्टी जस्ता मानिसहरुको चलपहल बढी हुने स्थानमा यो अभियान गरिएको थियो । अभियानमा ४० जना स्वयसेवक तथा कर्मचारी परिचालित भएको सभापति थापाले बताउँनु भयो ।
अभियानबाट प्रत्यक्ष रुपमा १३ हजारबढी लाभान्वित भएको जनाईएको छ । अभियानका क्रममा सर्वसाधारणलाई सुचना सामाग्री(प्रर्चा) वितरण गरिको थियो । शाखा सभापति मनोज कुमार थापाका अनुसार अभियानवाट प्राप्त सुझावका आधारमा जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय सरकार संग समन्वय गरि थप बृहत अभियान सन्चालन गर्न रेडक्रसले छलफल अघि बढाएको छ । 

विद्यार्थीलाई पनि कोरोना भइरस सम्बन्धि अभिमुखिकरण
नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्वारा उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालित लिटिल वल्र्ड इङ्गलिस स्कुलका बिद्यार्थीहरुलाई  नोवेल कोरोना भाइरस सम्बन्धि अभिमुखिकरण कक्षा संचालन गरिएको छ । अभिमुखिकरण कक्षामा कोरोना भइरसका मुख्य लक्षणहरु, कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने भन्ने बारेमा विद्यार्थीहरुलाई जानकारी गराइएको थियो ।
कोरोना भाइरस प्रभावित देशहरुबाट आउने मानिसहरुमा दुई हप्ता भित्र रुघाखोकी लागेमा, ज्वरो आएमा, घाँटी÷टाउको दुखेमा, श्वासप्रश्वासमा अत्याधिक समस्या भएमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने जानकारी दिनुका साथै यस रोगबाट बच्न नियमित रुपमा साबुन बानीले हात धुने, खोक्दा र हाछ्यु गर्दा नाक र मुख छोप्ने, यदी पm्लुजस्तो लक्षण देखिएमा चिकित्सकसंग परामर्श लिने, फ्लू जस्ते लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहने, जंगली तथा घरेलु पशुपंछीहरुसंग असुरक्षित सम्पर्कबाट टाढा रहने, पशुजन्य मासु÷अण्डा राम्रोसंग पाकेको मात्र खाने जस्ता जानकारीहरु विद्यार्थीहरुलाई दिइएको थियो । अभिमुखिकरण पश्चात् विद्यार्थीहरुलाइ नोवेल कोरोना भाइरस सम्बन्धि जनचेतनामूलक सन्देशहरु सहितको पर्चा पनि वितरण गरीएको थियो ।
नेपाल रेडक्रस सोसाइटी भक्तपुरका राष्ट्रिय विपद् प्रतिकार्य समुहका सदस्य दिनेश थापा र उत्थानशील नगर प्रवद्र्धन एवं सहभागिता कार्यक्रमका सामाजिक परिचालक सुजना कुसीले अभिमुखिकरण कक्षा संचालन गर्नु भएको बताइएको छ । सोहि क्रममा रेडक्रसले आईतवारदेखि उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालित विद्यालयमा अभिमुखिकरण कक्षा संचालन गर्ने र सर्बसाधारणलाई मास्क वितरण गर्ने कार्यक्रम रहेको सभापति थापाले बताउँनु भयो ।

 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु