सीटीईभीटी को ३१ औं वार्षिकोत्सव, अवको युग प्राविधिक शिक्षाको युग–मन्त्री पोखरेल

 
भक्तपुर । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले अवको युग प्राविधिक शिक्षाको युग भएको बताउनुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को ३१ औं वार्षिकोत्सवको अवसरमा आइतवार सानोठिमीमा आयोजित कार्यक्रमलाई सम्बोधनगर्दै मन्त्री पोखरेलले देशलाई समृद्ध बनाउनका लागि व्यवसायिक र प्राविधिक शिक्षा आवश्यक भएको बताउँनु भयो । 
अबको दुई वर्षमा सबै स्थानीय तहमा प्राविधिक शिक्षा स्थापना गर्ने लक्ष्य रहेको उल्लेखगर्दै देशलाई समृद्ध बनाउन सीटीइभीटीको भूमिका महत्वपूर्ण भएको बताउनुभयो । शिक्षा सेवामा काम गर्ने व्यक्ति नाफामुखी भन्दा पनि सेवामुखी हुनुपर्ने उल्लेखगर्दै निजी शैक्षिक क्षेत्रमा काम गर्ने व्यक्तिलाई सेवामुखी बन्न निर्देशन दिनुभयो । 
राष्ट्रिय योजना आयोगका सदस्य डा. उषा झाले सरकारले निर्माण गर्न शिक्षा ऐनले सीटीइभीटीको मर्ममा कँही पनि कमी हुन नदिएको उल्लेखगर्दै वर्तमान सरकारको नारा समृद्ध नेपाल सुखी नेपाली निर्माण गर्न सीटीइभीटीको भूमिका सधै सराहनीय हुने बताउनुभयो । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपाध्यक्ष डा. कुलबहादुर बस्नेतले देशमा दक्ष जनशक्ति पूर्ति गर्नका लागि सीटीइभीटीको उच्च योगदान रहँदै आएको बताउनुभयो । सरकारको लक्ष्यलाई कार्यान्वयन गराउनका लागि सीटीईभीटी सधै तयार रहेको बस्नेतको भनाई थियो । 
सीटीईभीटीका सदस्य सचिब डा.पुष्परमण वाग्लेले प्राविधिक शिक्षा र व्यावसायिक तालीमलाई रोजगारीसंग जोड्नुपर्नेमा जोड दिंदै उत्पादित जनशक्तिले राम्रो आयमूलक जागिर पाउनु पर्ने बताउनुभयो । आगामी दिनमा राष्ट्र निर्माणको लागि के कति संख्यामा कुन तह र क्षेत्रका जनशक्ति आवश्यकता पर्ने हो सो को राष्ट्रिय स्तरमा प्रक्षेपण हुनुपर्ने बताउनुभयो । वाग्लेले शैक्षिक सत्र २०७३÷७४ मा सीटीईभीटी अन्तर्गत १९ वटा आङ्गिक शिक्षालय संचालनमा रहेका थिए । सो अवधिमा सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा (टेक्स) कार्यक्रम सञ्चालन गर्ने विद्यालयको संख्या ११७ रहेको उल्लेखगर्दै सदस्य सचिब डा. वाग्लेले हाल आङ्गिक शिक्षालयको संख्या ४५ वटा छन् भने १८ बटा आङ्गिक शिक्षालयहरुमा कार्यक्रम थप गरिएको बताउँनु भयो ।
टेक्स विद्यालयको संख्या ३९७ मा पुगेको बताउँदै उहाँले शिक्षालयहरुमा कृषि, ईन्जिनियरीङ्ग, स्वास्थ्य, होटल व्यवस्थापन जस्ता प्राविधिक कार्यक्रम संचालन भएको र प्रशिक्षार्थीको भर्ना क्षमतामा ४४ हजार ३५० जनाबाट ६० हजार ८६९ जना पुगेको उल्लेख गर्नुभयो  ।राज्यको पहुँच बाहिर रहेका वर्गलाई खान, वस्न, पोशाक र यातायत सुविधा सहित विशेष छात्रवृत्ति व्यवस्था गरी ४ हजार ८ सय ७० जनालाई प्राविधिक शिक्षाको पहुँच पुर्याईएको उहाँको भनाई थियो । प्रत्येक प्रदेशका ६ हजार युवाका दरले ७ प्रदेशमा ४२ हजार युवालाई निकट भबिष्यमै सीपमुलक तालिम दिने तैयारी भैरहेको बताउनुभयो । एउटै छानामुनिबाट प्राविधिक शिक्षा तथा व्यावसायिक तालीमका विभिन्न विधाहरुमा कार्यक्रमहरु सञ्चालन गर्ने उध्देश्यका साथ संचालनमा रहेका आङ्गिक शिक्षालय, वहु(प्राविधिक शिक्षालयहरुको स्तरोन्नती गरी हरेक प्रदेशमा एक एक बटा नमूना वहु(प्राविधिक शिक्षालय स्थापना गर्ने कार्य शुरु गरिएको बताउनुभयो ।
लैङ्गिक समानता कायम गर्दै महिलाहरु प्रविधिक शिक्षामा आकर्षित गर्न हरेक महानगरपालीकामा महिला पोलिटेक्निक स्थापना गर्ने सोच अगाडी वढाईएको र सीप सीक, कमाउ र तिर को अवधारण लागु गरी आय आर्जनबाट विपन्न वर्गलाई प्राविधिक शिक्षा अध्ययन गराउन सकिने कार्य योजना लागु गरिने बताउनुभयो । सो अवसरमा दोलखा स्थित जिरी प्राविधिक शिक्षालका कर्मचारी देबबहादुर जिरेललाई यस वर्षको सवोत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो, त्यस्तै उत्तरपानी प्राविधिक शिक्षालय धनकुटाका कर्मचारी रामकृष्ण डङ्गोल, बागलुङको धौलागिरी प्राविधिक शिक्षालयका बज्रमोहन पौडेल, राप्ति प्राविधिक शिक्षालयका सुमेरन चौधरी र सीटीइभीटी केन्द्रीय कार्यालयका शान्ति मल्ल भुुजुलाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान गरिएको थियो । 



प्रतिक्रियाहरु