विनायकमा अभिभावक सचेतना कार्यक्रम

 
भक्तपुर । विनायक शिक्षा निकेतन ईङलिस सेकेण्डरी स्कूलले अभिभावक सचेतना कार्यक्रमको पहिलो चरण सम्पन्न गरेको छ । विद्यालयले शैक्षिक सत्र २०७६ अन्तर्गत पूर्व माध्यामिक तह र कक्षा १ देखि ३ सम्मको तह हुदै कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका अभिभावकहरुको लागि विशिष्ट अभिभावक सचेतना कार्यक्रम आयोजना गरेको हो ।
कार्यक्रमका सहभागीलाई स्वागत गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द«विक्रम प्रजापतिले युग सुहाउँदो शिक्षा प्रदान गरी विद्यार्थीलाई असल र सफल दुवै बनाउन विद्यालयसँग अभिभावकको पनि विशेष सहयोग हुनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा प्रजापतिले शैक्षिक सत्र २०७६ मा विद्यालयले अवलम्वन गरेका नीति तथा कार्यक्रमहरुबारे पनि स्पष्ट पार्नुभयो । न्यू एभरेष्ट पार्टी प्यालेस, मध्यपुर थिमिमा सम्पन्न कार्यक्रममा विद्यालयका परामर्शदाता तुल्सीहरि प्रजापतिले असल अभिभावकत्व कला विषयक प्रस्तुती दिनु भएको थियो । 
छोराछोरीहरुलाई गुणस्तरीय नागरिकको रुपमा विकास गर्न आमा र बुवा दुवैको समान सहभागिता हुनुपर्ने,मा जोड दिदै प्रजापतिले वालमैत्री गृहको निर्माण सँगै वालमैत्री व्यवहारद्घारा हेरचाह गर्नुपर्ने, छोराछोरीको उमेर, मनोविज्ञान तथा आवश्यकता अनुसार संस्कारयुक्त वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।  त्यसैगरी, विद्यालयको नवीन सोचहरुको सकारात्मक प्रतिक्रिया दिंदै अभिभावकहरु दिलिप कुमार प्रजापति, राजेन्द« बस्नेत, भूषन श्रेष्ठले विद्यालयको नीति तथा कार्यक्रमहरुमा सहयोग तथा सहकार्य गर्नु अभिभावकको कर्तव्य भएको बताउनु भयो । कार्यक्रममा विद्यालयका सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले विद्यार्थीहरुको सर्वाङ्गीण विकासको लागि अभिभावक –विद्यार्थी – शिक्षकको त्रिकोणात्मक सम्बन्ध मजवुट र घनिष्ट हुनुपर्ने विचार व्यक्त गर्नु भएको थियो । 
विनायकमा  युवा रेडक्रस सर्कल पुनःगठन
मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन ईङलिस सेकेण्डरी स्कूलमा युवा रेडक्रस सर्कल पुनःगठन गरिएको छ । विद्यालयमा कक्षा ६ देखि १० सममका विद्यार्थीहरुको भेलाबाट हरेक कक्षाको प्रतिनिधित्व हुनेगरी ११ जनाको कार्य समिति गठन गरिएको हो । समितिको अध्यक्षमा जलज प्रजापति, उपाध्यक्षमा श्रया भासिमा, सचिव युजल प्रजापति, कोषाध्यक्ष पारस तामाङ, सह सचिव कृषा कर्मी, सह कोषाध्यक्ष तेजश्वी प्रजापति रहेका छन् । त्यसैगरी ११ सदस्सीय कार्यसमितिको सदस्यमा दिलेस प्रजापति, निश्चल प्रजापति, रिदेन प्रजापति, सदस्य दिप प्रजापति र हिसु प्रजापति रहेका छन् । 
त्यसैगरी समितिको संरक्षकमा प्रिन्सिपल सुरेन्द्रबिक्रम प्रजापति, सल्लाहकारमा सह प्रिन्सिपल प्रेमप्रसाद निरौला, शिक्षक नायकमा रामचन्द्र प्रजापति, सह शिक्षक नायकमा सरु श्रेष्ठ र सह शिक्षक नायकमा निरा प्रजापति रहेको विद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले बताउंनु भयो । नेपाल रेडक्रस सोसाइटी जुनियर युवा कार्य प्रणाली निर्देशिका अनुसार पुनःगठन भएको सर्कलले, विद्यालयमा प्राथमिक उपचार, स्वास्थ्य तथा सरसफाईका अतिरिक्त क्रियाकलाप दैवी प्रकोप आदि विभिन्न काम गर्नेछ । 



प्रतिक्रियाहरु