सशस्त्र प्रवक्तामा श्रेष्ठ

 
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठ तोकिनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठलाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उहाँलाई दिइएको छ ।  
यसैबीच पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मूलगेटबाट एपीएफ टोलीले मंसीर २ गते विभिन्न देशका मुद्रासहित एक जनालाई पक्राउ गरेको छ । भारतको जयपुर उत्तर प्रदेश घर बताउने ३७ वर्षिय रामनाथ यादवलाई सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । 
नेपालबाट भारततर्फ जाँदै गरेका निज यादवलाई संका लागि जाँच गर्दा उनको साथमा विभिन्न २२ देशका मुद्राहरु, विभिन्न बैंकका एटीएम ५३ वटा, आईएमई कार्ड ३० वटा, विभिन्न किसिमका परिचयपत्र ४४ वटा, नक्कली गहनाको थैलो १ थान र विभिन्न खालका विदेशी सिक्काहरु १७ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेको यादवलाई बरामद मुद्रासहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरी कार्यालय पर्सामा बुझाएको छ ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु