जबरजस्ती करणी गर्ने खोरमा

 
भक्तपुर । एक १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । सिन्धुपाल्चोक साँगाचोकगढी चौतारा नगरपालिकापा ९ कदमबास घरभई सूर्यविनायक नगरपालिका ९ भाते ढिकुर बस्ने १४ वर्षीया बालिकालाई मंगलबार राति जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप रामपुर ३ घर भई काठमाडौं कागेश्वरी नगरपालिका ९ हरहर महादेव बस्ने १८ वर्षीय अविनाश भन्ने कुव नेपालीलाई प्रहरीले पक्राउ गरेको हो । 
नेपालीले ती बालिकालाई ललाईफकाई चाँगूनारायण नगरपालिका ६ नगरकोट लगेर जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । घट्नाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उता काठमाडौं महानगरपालिका २७ ज्याठास्थित क्वासी चाईनिज होटल एण्ड रेष्टुरेण्टमा एक युवती बलात्कृत भएकी छिन् । कोठा खोज्दै स्टाफ रुममा आएकी काठमाडौं महानगरपालिका १८ थापाथली सुकम्बासी टोल बस्ने उदयपुरकी २२ वर्षीया युवतीलाई मंगलबार राति बलात्कृत भएकी हुन् । 
जबरजस्ती करणी गरेका अभियोगमा प्रहरीले काठमाडौं महानगरपालिका २७ ज्याठा बस्ने गोरखाका १८ वर्षीय विराज गुरुङ र सोही ठाउँ बस्ने काभ्रे पाँचखाल नगरपालिका १५ का १७ वर्षीय सोम तामाङलाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थल नजिक रहेका जबरजस्ती करणी गर्न प्रयास गर्ने अन्य ३ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु