भक्तपुरमा खाना मेलाको आयोजना हुदै

 
भक्तपुर । भक्तपुरमा पुस ९ गतेदेखि १६ गतेसम्म खाना मेलाको आयोजना हुने भएको छ । सल्लाघारी सपिङ्ग कम्पेल्क्समा आयोजना हुने मेलामा बिभिन्न देशका साथै देशभित्रकै आन्तरिक पक्वानहरुको स्वाद एकै ठाउँमा उपलब्ध गराउने कार्यक्रम संयोजक राजीब न्यौपानेले बताउनुभयो । थाई, भारतीय र जापानिजका साथै बिभिन स्टिट तथा स्टिक फुड समाबेश गरिने मेलामा २० देखि २५ हजार स्वादका पारखी आउने आयोजकको अनुमान छ । 
मेलाबाट देशभित्र र देश बाहिरका खानाबारे जानकारी हुने बताउँदै आयोजकले मेलामा सहभागिताका लागि सबैलाई आमन्त्रण गरेका छन् । मेलामा मास सेल तर सुलभ शुल्कमा खानाका परिकार खुवाईने कार्यक्रम संयोजक न्यौपानेले बताउनुभयो । मेलाकै अवसरमा भक्तपुरका महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामान प्रदर्शन तथा बिक्री गरिने सल्लाघारी सपिङ्ग कम्पेल्क्सका अध्यक्ष कृष्णगोबिन्द खाईजुले बताउनुभयो ।
यस्ता मेलाबाट भक्तपुरको मात्र नभई देशको अर्थत्रन्त्रमा टेवा पुगी सरकारको समृद्ध नेपाल, सुखी नेपाली भन्ने अभियानमा समेत सहयोगी हुने आयोजक सल्लाघारी सपिङ्ग कम्पेल्क्सले अपेक्षा गरेको कम्प्लेक्सका संचालक राधेश्याम सुवालले बताउनुभयो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु