पूर्व र पश्चिम रुकुममा रेडक्रसलाई सहयोग

 
 
रुकुम । पूर्व रुकुम जिल्ला समन्वय समितिको कार्यालयले रेडक्रसको नवगठित रुकुमपूर्व जिल्ला शाखाको रुकुमकोटस्थित कार्यालय सञ्चालन गर्न फर्निचर तथा कार्यालय उपकरण उपलव्ध गराएको छ ।  समितिले शाखालाई कम्प्यूटर टेवुल, दराज, कुर्सी र क्यामेरा उपलव्ध गराएको तदर्थ समितिका सँयोजक लोकेन्द्र वुढाथोकीले बताउनु भयो । 
जिल्ला समन्वय समिति, स्थानीय गाँउपालिकाहरुका जनप्रतिनिधिहरु, सरकारी र गैरसरकारी सँस्थाहरु तथा राजनीतिक दलहरुका प्रतिनिधिहरुसँग रेडक्रसले रुकुमकोटमा आफ्नो गतिविधिहरु जानकारी गराउन औपचारिक छलफल कार्यक्रम आयोजना गरेको थियो । सो अवसरमा सहयोग र समन्वय वढाउन सरोकारवाला सँस्थाहरुका प्रतिनिधिहरुले सकारात्मक पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रेडक्रसको अन्तर्राष्टिय समितिका प्रतिनिधि कृष्ण चालिसे तथा नेपाल रेडक्रसका निर्देशक दिव्यराज पौडेलले अन्तर्राष्टिय रेडक्रस र नेपाल रेडक्रसका विषयमा जानकारी गराउनुभएको थियो । 
 
 सरकार र अन्य सवैपक्षको सहयोगमा  रेडक्रस सञ्चालन हुने भएकाले नयाँ जिल्लामा रेडक्रसलाई काम गर्ने आधार बनाइदिन अनुरोध गर्दै नेपाल रेडक्रसका केन्द्रीय उपमहामन्त्री हरिप्रसाद न्यौपानेले रुकुम पूर्व जिल्लाका भूमे, सिस्ने तथा उत्तरगंगा गाँउपालिकामा रेडक्रसका सदस्यता वितरण गरी उपशाखा विस्तार गर्ने र मानवीय सेवाको आधार तय गर्ने बताउँनुभयो ।  रेडक्रसको मानवीय सेवा, आदर्श र गतिविधिहरुबाट प्रभावित भई पूर्वी रुकुम जिल्ला समन्वय समिति सभापति गजेन्द्रबहादुर वलीले आफू तत्कालै रेडक्रसको सदस्य बन्ने घोषणा गर्दै सवैलाई रेडक्रसको सदस्य वनी सहयोग गर्न आव्हान गर्नुभएको थियो । 
कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, शुरक्षा निकायका प्रतिनिधि तथा सिष्ने गाउपालिकाका प्रमुखले दुर्गम तथा नयाँ जिल्ला रुकुममा रेडक्रसको संगठन मजबुद वनाई राहत सामग्रीको जोहो गर्न अत्यावश्यक रहेको बताउनुभयो । यसै सिलसिलामा नेपाल रेडक्रसको संगठनात्मक पक्ष सुदृढ गर्न आयोजित दुई दिने प्रशिक्षण कार्यक्रममा युवाहरुको आकर्षण वढेको पाइएको छ ।  
रुकुम पश्चिममा पनि छलफल 
 
यस्तै छलफल र पृष्ठपोषण कार्यक्रम पश्चिम रुकुमको मुसिकोट खलंगामा पनि आयोजना गरिएको छ । गाँउपालिका र नगरपालिकाहरुमा विपद प्रतिकार्य योजना बनाउन र कार्यान्वयन गर्न रेडक्रसको सहयोगको लागि जनप्रतिनिधिहरुले आग्रह गर्नुभएको थियो । शाखा सभापति शिवराम खत्रीले पालिकाहरुको सँरचना अनुसार उपशाखाहरुको विस्तार गरिने जानकारी गराउनुभयो । 
कार्यक्रममा मन्त्री रमा गौतमले रुकुम पश्चिमका गतिविधिहरुबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा स्थानीय बस व्यवसायीका प्रतिनिधिले जिल्लामा सडक दुर्घटनाको जोखिम रहेकोले यातायात मजदुरहरुलाई प्राथमिक उपचारको तालिम तथा सामग्री उपलव्ध गराउन रेडक्रसलाई नगद सहयोग गर्न बजेट छुट्याइएको सहभागिहरुलाई जानकारी गराउनुभयो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु