नव नियुक्त प्रहरी निरीक्षकलाई दर्ज्यानी चिन्ह

 
काठमाडौं । नेपाल प्रहरीको निरिक्षकमा नव नियुक्त अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षकमा नयाँ नियुक्त भएका प्रहरी निरीक्षकलाई प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । 
खनालले सोही प्रतियोगिताद्वारा नयाँ नियुक्त भएका खुलातर्फका प्रहरी निरीक्षकहरुलाई नियुक्तिपत्र समेत प्रदान गर्नुभयो । २०७५ असोज १५ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७५ चैत २१ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ९३ जना र खुलातर्फ १५ जना गरी कुल १ सय ८ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण हुनुभएको छ । जसमा ८ जना महिला हुनुहुन्छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७६ वैशाख ८ गतेको निर्णयले वैशाख ५ गतेदेखि लागू हुने गरी उहाँहरु प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको थियो । 
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रमलाई सम्बोधनगर्दै प्रहरी महानिरीक्षक खनालले नयाँ नियुक्तिसँगै संगठनको सशक्तिकरणमा केही इँटा थपिएको चर्चा गर्दै नयाँ आशा, भरोसा, विश्वास राखिएको अवस्थामा कार्यक्षेत्रमा इमानदार भएर नडराई र नडगमगाई दृढतापूर्वक काम गर्न निर्देशन दिनुभयो । कानुन कार्यान्वयनबाट नै शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न सकिने भएकोले ऐन कानुनको पालना गरी कार्यक्षेत्रमा खरो रुपमा उत्रनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नागरिक र देशको सेवा गर्छु भन्दै संगठन प्रवेश गर्न चाहेको सन्दर्भ उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा खटिएपछि यस तथ्यलाई दृढतापूर्वक पालना गरी सरकार र संगठनको अपेक्षा अनुरुप नयाँ जोश र उर्जाकासाथ काम गर्नुपर्ने बताउनुभयो । देश, सरकार, प्रहरी संगठन र नागरिकले कस्तो प्रहरी खोजेको छ भन्ने मनन गरी विश्वास र भरोसा अनुरुप काम गर्नुपर्ने खनालको भनाई थियो । 
काँधमा थप जिम्मेवारी आएको अवस्थामा क्षमता अभिवृद्धिको साथै आफूलाई परिष्कृत गरी राम्रो सदस्यको रुपमा स्थापित हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक खनालले संगठन मेरो हो, राम्रो गर्नुपर्छ भन्ने भावनाले विवेक पु¥यारएर काम गर्न निर्देशनदिदै अपराध न्यूनिकरण र निष्तेज पार्न प्रविधिको प्रयोग, जागरुकता र जुझारुपन आवश्यक रहेको बताउँनु भयो । प्रहरी संगठनको सदस्य भइसकेपछि गलत क्रियाकलापमा संलग्न हुन नपाइने स्पष्ट पार्दै प्रहरी महानिरीक्षक खनालले गलत अभ्यासको नेपाल प्रहरीमा गुञ्जायस नरहेको बताउँनु भयो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु