किसानलाइ अनुदानमा सयपत्री फुलका बेर्ना

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका, ७ नम्बर वडा कार्यालयले किसानलाई अनुदानमा उन्नत जातको फुलका वेर्ना वितरण गरेको छ । वडामा फैलँदो व्यवसायिक फुल खेतीलाई थप विस्तार गर्न र प्रोत्साहित गर्न उन्नत र आधुनिक जातका फुलका वेर्ना उपलब्ध गराएको हो । 
 
किसानलाई मागबमोजिम करिब ६० हजार सयपत्री फुलका बेर्ना उत्पादन गरी वितरण गरिएको वडाध्यक्ष रविन्द्र सापकोटाले बताए । ‘नगरक्षेत्रमा व्यावसायिक पुष्पखेती प्रवद्र्धन गर्ने उदेश्य छ, थोरै लगानी र मेहिनेतबाट तयार हुने भएकाले किसानपनि लाभान्वित छन्,’ वडाध्यक्ष सापकोटाले भने । 
फुल खेती गर्ने किसानलाई प्रोत्साहन गर्न वेर्ना उत्पादनकालागि स्थानीय गुण्डु साना किसान सहकारी संस्थालाई नगरपालिकाले ४ लाख रुपैयाँ उपलब्ध गराएको थियो । सहकारीले उत्पादन गरेका प्रविधियुक्त विरुवा किसानलाई वितरण  गरिएको वडाध्यक्ष सापकोटाले बताए । 
 
किसानले फुल खेतीबाट प्रतिबोट एक हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेका छन् । जेठमा रोपेको फूलको बेर्ना तीन महिनाभित्र फुल्छ । फुलखेतीबाट गुण्डुका किसानले घरखर्च चलाउने गरेका छन् । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु