मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

 
 
बारा । भारत तथा नेपालका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर वेचबिखन गर्ने कार्यमा संलग्न ५ जनालाई बाराबाट पक्राउ गरिएकोछ । जिल्लाकौ गढी गाउँपालिका २ दौरवा मठबाट चोरी गरेको मोटरसाइकल २ थान सहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका मलाही टोल बस्ने २० वर्षीय सुरेश मुखिया, १८ बर्षीय धर्मेन्द्र मुखिया, १९ बर्षीय नन्दकिशोर सहनी, सिम्रौनगढ नगरपालिका(८ घर भएका १९ बर्षीय श्याम सुन्दर यादव र १८ बर्षीय गुलसन प्रसाद यादव रहेका छन् । बिगतदेखि मोटरसाइकल चोरी गरी विक्री गर्ने गिरोह सक्रिय रहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त प्रहरी टोलीले चोरी गरी ल्याएको अनटेस्ट लेखिएको अपाचे र बिआर ०५ आर ७५३८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । चोरी मुद्दामा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।  



प्रतिक्रियाहरु