विनायक शिक्षामा रेडक्रस अभिमुखिकरण कार्यक्रम

 
भक्तपुर । मध्यपुर थिमिस्थित विनायक शिक्षा निकेतन. ई. सेकेण्डरी स्कूलमा विनायक युवा रेडक्रस सर्कलका नयाँ कार्यसमितिका लागि अभिमुखिकरण कार्यक्रम आयौजना गरिएकोछ । नेपाल रेडक्रस सोसाइती मध्यपुर थिमि उप–शाखाद्धारा आयोजित कार्यक्रममा, भक्तपुर जिल्ला  शाखाका संचालक सदस्य कृष्णेश्वरी हाडाले रेडक्रसको जन्म, इतिहास, सिद्धान्त, सदस्यको जिम्मेवारी, रेडक्रसको महत्व बारे प्रकास पार्नृु भयो ।
उप–शाखाका सभापति पूर्णकेशरी श्रेष्ठको सभापतित्वमा सम्पन्न  कार्यक्रममा उप–सभापति सविना श्रेष्ठ, संचालक सदस्य लक्ष्मी केशरी श्रेष्ठको सहभागीता रहेको थियो ।  कार्यक्रममा विनायक युवा रेडक्रस सर्कलका शिक्षक नायक राम चन्द्र प्रजापति लगायतलै मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नयाँ कार्यसमितिका पदाधिकारी सहित करिब ३५ जना सदस्यकौ सहभागिता रहेको थियो ।



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु