जिल्लास्तरीय उपशाखा गोष्ठी सम्पन्न

 
नगरकोट । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको आयोजनामा जिल्लास्तरीय उपशाखा गोष्ठी धुलिखेलमा सम्पन्न भएको छ ।  जिल्ला शाखाका पदाधिकारी तथा सदस्यहरु, १८ वटा उपशाखाका सभापति तथा पदाधिकारी र जिल्ला शाखाका कर्मचारी गरी ३१ जनाको सहभागिता रहेको गोष्ठीमा उपशाखाहरुले २०७५ चैत्र मसान्त सम्म संचालित गतिविधि प्रस्तुत गरेका थिए ।  
सो क्रममा गतिविधिहरु संचालन गर्दा भोगेका समस्या र चुनौतीहरु, समाधानका उपाय र जिल्ला शाखाबाट अपेक्षा गरेका सहयोगको क्षेत्रहरुको बारेमा प्रस्तुती गरिएको थियो । गोष्ठीको समापनमा बोल्दै जिल्ला शाखा सभापति मनोजकुमार थापाले भक्तपुर जिल्ला शाखाले संस्थागत विकास तर्फ भवन निर्माणको लागि २ लाख, एम्बुलेन्स संचालनको लागि २ लाख सहयोग गर्दै आएकोमा बार्षिक रुपमा संचालन गरीने गतिविधिको लागि २१ वटै उपशाखालाई बार्षिक १० हजार रुपैयासम्म सहयोग गर्दै आएको बताउनुभयो । उहाँले रेडक्रस अभियानलाई अगाडी बढाउने क्रममा जिल्ला शाखा, उपशाखा तथा जुनियर रेडक्रस सर्कलको उत्तिकै महत्व भएकोलेनै रेडक्रसमा सबैको सम्मान बराबर हुने बताउनुभयो । 
गोष्ठीमा बोल्नुहुदै जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले वार्षिक रुपमा संचालन गरिने उपशाखा गोष्ठी मार्फत उपशाखाले संचालन गरेका गतिविधिहरुको बारेमा जानकारी गराउने हुनाले यस प्रकारको गोष्ठीको आयोजनाले अन्य उपशाखालाई सक्रिय हुन प्रोत्साहित गर्ने बताउनुभयो । गोष्ठीमा उपशाखाहरुले आफ्ना समस्याहरुको बारेमा पनि जिल्ला शाखालाई अवगत गराएका थिए । कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी अवाल, जिल्ला शाखाका उपसभापति कृष्णगोपाल लागेजू तथा कोषाध्यक्ष प्रदिप कुमार के.सीले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो । जिल्ला शाखामा संचालित उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रमका जिल्ला कार्यक्रम संयोजक निलम ढुंगानाले परियोजनाको बारेमा उठेका जिज्ञाशाको बारेमा स्पष्ट पार्नुभएको थियो ।
स्वयंसेवकहरुलाई बहस÷पैरवी सम्बन्धि पुर्नताजगी प्रशिक्षण 
यसैबीच नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा संचालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत संचालित पैरवी प्रशिक्षण सम्पन्न भएको छ । जिल्ला शाखा तथा उपशाखाका पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला शाखा तथा उपशाखाले गरेको बहस र पैरवीबारे अनुभव आदान प्रदान गर्ने र बहस तथा पैरवी सम्बन्धि ज्ञान तथा शिपको पुर्नताजगी गरी प्रभावकारी रुपमा बहस र पैरवी गर्न सक्षम बनाउने उद्धेश्यले जेठ ३२ देखि असार १ गतेसम्म संचालित प्रशिक्षणमा २३ पुरुष र ७ महिला गरी ३० जनाको सहभागिता रहेको थियो । 
प्रशिक्षणमा वहस÷पैरवी परिचय, सरोकारवालाहरुको भूमिका परिदृश्यमा आधारीत, समुदायको अगुवाईमा सञ्चालित वहस÷पैरवी—नागरिक सशक्तिकरण, विपद् व्यवस्थापन चक्रको पुर्नताजगी, वहस÷पैरवीका सवालहरुको पहिचान, वहस÷पैरवीका गतिविधिको प्राथमिकरण, सरोकारवालाहरुको विश्लेषण, लक्षित सरोकारवालासग वहस÷पैरवीका कार्यहरुको लागि मागहरुको विकास, वहस÷पैरवी सम्वन्धी सन्देश सम्प्रेशण गर्न उपयुक्त मञ्चको पहिचान, वहस÷पैरवीका औजाहरु, सन्देश तयार गर्ने, कार्य योजना लगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अभ्यास गरीएको थियो ।
समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुहुदै भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसले प्रदान गर्ने मानवीय सेवाका बारेमा सरकारी तथा गैह्र सरकारी निकायहरु लगायत आम जनसमुदायलाई जानकारी गराई विपद् जोखिम ब्यवस्थापनको क्षेत्रमा हातेमालो गर्दै अगाडी बढ्नको लागि वहस÷पैरवीको महत्व रहेको बताउनुभयो । उहाँले लक्षित समुदायले विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन कार्यमा सरोकारवाला निकायहरुसंग गर्ने बहस÷पैरवीमा रेडक्रसले सहजकर्ताकोे भूमिका खेल्ने भएकोले नगर केन्द्रीत बहुखतरा जोखिम न्यूनीकरण कार्यमा लक्षित समुदायको अग्रसरता बढ्दै गएको बताउनुभयो । उहाँले स्थानीय निकायसंगको समन्वय गर्ने कार्यमा उपशाखाका पदाधिकारी तथा सदस्यहरु सक्रिय भएर लाग्नुपर्ने कुरामा जोड दिनु भयो ।
२ दिने प्रशिक्षणको संयोजन दिनेश थापाले गर्न भएको थियो भने जिल्ला शाखाका सभापति मनोजकुमार थापा  र बरिष्ठ कार्यक्रम सहायक उद्धव प्रसाद नेपाल लगायतले सहजिकरण गर्नुभएको थियो । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्धारा बृटिश रेडक्रसको आर्थिक सहयोगमा भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा सेप्टेम्बर २०१६ देखि अगष्ट २०२१ सम्मको लागि उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालन भइरहेको छ ।
 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु