भक्तपुरको फन भ्यालीमा धमिलो पानी प्रयोग गरेको गुनासो, जनस्वास्थ्यमा गम्भिर खेलवाड



भक्तपुर । सर्वसाधारणलै भक्तपुरको पलांसेस्थित फन भ्यालीमा धमिलो पानी प्रयोग गरेको गुनासो गरेका छन् । सोमवार फनभ्यालीमा बच्चा लिएर पुगेका सुर्यविनायक –७ का सुभाष श्रेष्ठका अनुसार, धमिलो पानीमा पौडी खेलेका बालबच्चामा एलर्जी दैखिएको छ । जनताको प्रत्यक्ष स्वास्थ्य संग जोडिएको विषयमा कम्पनिले लापरवाही गरेका कारण आफ्ना बालबच्चामा एदर्जी दैखिएको बताउँदै श्रेष्ठले यसतर्फ सम्बन्धित निकायको ध्यान जानुपर्ने बताए ।
सेयर सदस्यहरुबीचको बिवादका कारण लामो समयदेखि बन्द रहेको फनभ्याली दुई साताअघि मात्र सञ्चालनमा आएको थियो ।  भक्तपुरका अलवा, काठमाडौं, ललितपुर र काभ्रे लागायतका जिल्लावासीलाई गर्मी मौसममा उपयुक्त मानिदै आएको फनपार्कले बढी मुनाफा कमाउँने नाममा गुणस्तरहिन पानी प्रयोग गरेपछि स्थानीयले  फनपार्कको विकल्प खोज्न थालेका छन् । फनपार्कका एक नियमित ग्राहकका अनुसार, प्रचण्ड गर्मी छल्न चाहने जो कोहिलाई पनि त्यहाँ पुगेर चिसो पानीमा पौडी खेल्ने इच्छा हुनु स्वाभाविक हो । तर,  पानीमा खरावी भएपछि पौडी खेल्नु अघि एकपल्ट सोच्नै पर्ने अवस्था आएको छ ।
फनपार्क सञ्चालक डा भोगेन्द्र शर्मा भने पाँचवटा बोरिङ गरेर तीन पटक सम्म फिल्टर गरेको पानी मात्र फनपार्कले प्रयोग गरेको दावी गर्छन् । शर्माले भने, “हाम्रोमा दैनिक एक हजार बढीले पौडी खेल्छन्, त्यसमध्ये एक–दुई जनालाई एर्लजी आउँनु ठुलो कुरा होईन ।”
 



प्रतिक्रियाहरु