जुवातास खेलिरहेका ४० जना पक्राउ

 
भक्तपुर । भक्तपुर, काठमाडौं, काभ्रेबाट  जुवातास खेल्ने ४० जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका ५ सल्लाघारीस्थित रामकृष्ण तोयनाको घरमा जुवातास खेलिरहेका सिन्धुपाल्चोक घर भई सल्लाघारी बस्ने ४९ वर्षीय गंगालाल श्रेष्ठ समेत १३ जनालाई नगद ६ लाख १ हजार ६ सय ८५ रुपैयाँ, ८ बुक तास सहित प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको बताइएको छ । 
उता काठमाडौं, टोखा नगरपालिका ३ बानियाँटारस्थित झम्क बहादुर थापाको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने रामेछाप सुनपति गाउँपालिका ४ घर भएका लाल बहादुर तामाङ लगायत ११ जनालाई नगद ७५ हजार ४ सय रुपैयाँ र ६ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 
त्यसैगरी काभ्रे, धुलिखेल नगरपालिका ६ स्थित नर्थपोल होटलमा जुवातास खेलिरहेका होटल संचालक सोही नगरपालिका ११ बस्ने २६ वर्षीय दिपेन्द्र धिताल लगायत ८ जनालाई नगद १ लाख ५७ हजार नेपाली रुपैयाँ, भारतीय रुपैयाँ ५ हजार ९ सय १०, युएस डलर १९, युरो ३०, अस्ट्रेलियन डलर १०, युएई धिराम १० सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उता कास्की, पोखरा महानगरपालिका ४ रामकृष्ण टोल बस्ने ५० वर्षीय गणेश कतिला श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा निज गणेश लगायत ८ जनालाई नगद ५९ हजार २ सय ५५ रुपैयाँ र ४ बुक तास सहित प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु