मोटरसाइकल चोरी गर्ने समुह पक्राउ

 
भक्तपुर । भक्तपुरबाट मोटरसाईकल चोरी गर्ने एक समुह पक्राउ परेको छ । मंसिर १९ गते बिहान चाँगुनारायण नगरपालिका ४ हलचापका  धुर्व श्रेष्ठको मोटरसमईकल हराएको उजुरीका आधारमा बुधवार दुई जना पक्राउ परेका हुन् । श्रेष्ठले आफ्नै घरमा  पार्किङ गरि राखेको बा.९६ प १७७० नं. को दुई सय सिसीको पल्सर मोटरसाइकल मंगलवारराती हराएको थियो । 
मोटरसाईकल खोजतलास गर्ने क्रममा जिल्ला रौतहटको कनकपुर बस्ने बर्ष १९ को शेख समसुद्दिन र ऐ. बस्ने बर्ष २३ को सेख नयाजलाई जिल्ला रौतहट चन्द्रपुर नगरपालिका वडा नं. ४ बाट महानगरीय प्रहरी परिसर भक्तपुर र ईलाका प्रहरी कार्यालय चन्द्रपुर रौतहटको टोलीले सो मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो । पक्राउ गरेकालाई बुधवार जिल्ला अदालत भक्तपुरमा पेश गरी चोरी मुद्दामा म्याद थप भई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु