प्रधानसेनापति दाङमा

 
दाङ। प्रधानसेनापति पूर्णचन्द्र थापाले दाङस्थित १९ नं. बाहिनी अड्डाको निरीक्षण गर्नु भएको छ । निरीक्षण भ्रमणका क्रममा प्रधानसेनापति थापाले सो बाहिनी अड्डाको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो । निरीक्षण भ्रमणका क्रममा थापाले भरतपुरस्थित श्री काली बहादुर गण र मध्य पश्चिम पृतना हे.क्वा., श्री नं.२२ बाहिनी अड्डा, नेपाली सैनिक व्याटल स्कुल र श्री नं.४ बाहिनी अड्डाको समेत निरीक्षण भ्रमण गर्नु भएको जंगी अड्डाले जनाएको छ । 



प्रतिक्रियाहरु




सम्बन्धित शीर्षकहरु